Sunday, September 20, 2020
Home > भिडियो > पहिलो पटक अनुपा मिडियामा, भनिन् ‘यसकारण मैले घर छोडे’ (भिडियो हेर्नुस्)

पहिलो पटक अनुपा मिडियामा, भनिन् ‘यसकारण मैले घर छोडे’ (भिडियो हेर्नुस्)

काठमाडौं । पछिल्लो समय तनहूँको भानु ९ मा नकुल र अनुपाको बिषयलाई लिएर सामाजिक संजालमा टिका टिप्पणी भएका छन् । करिब १३ बर्ष विदेशी भूमीमा आफ्नो पसिना बगाएर जोडेको सबै सम्पती लिएर श्रीमती अनुपा अधिकारी अर्कैसंग हिडेपछि नकुलले न्यायका निमित्त गुहार मागेका छन् । तर यता अनुपाको अडियो भने सार्वजनिक भएको छ । उनले एउटा यट्युव च्यानलमा आफुमाथि अन्याय भएका कारण घर छोडेर हिडेको बताएकी छन् ।

श्रीमानले आफुलाई धेरै शंका उपशंका गर्ने तथा मानसिक र शारिरीक यातना समेत दिने गरेका कारण बस्न नसकेको बताएकी छन् । आफुले ऋण लिएको कुरा सहि भए पनि त्यो ऋण घर बनाउनका लागि लिएको उनको भनाई छ । आफु विवाह गरेर जाँदा घरमा केहि नभएको र त्यो आफुले ऋण धन गरेर नै जोडेको उनको भनाई छ ।

दुई नाबालक छोरीहरु समेत लिएर केही महिना देखि अनुपा बेखबर भएपछि उनका श्रीमान मिडिया गुहार्न पुगेका हुन् । उनको श्रीमती कुमार कार्कीसंग हिडेको थाहा भएपनि अहिले सम्म कसैको सम्पर्कमा भने आएकी छैनन् ।

बिहिबार अनुपा अधिकारीले नकुल र परिवारमाथी आरोप लगाउँदै एउटा युट्युव च्यानलमा बेलेपछि नकुल झन आक्रोशित भएका छन् । अनुपाले सार्वजनिक गरेको अडियोमा नकुलले अश्लिल शब्दले गाली गरेको र घरमा बस्ने वातावरण नभएकाले बाध्य भएर अर्कोसंग जानुपरेको बताएकी थिईन् । नकुलका छिमेकीले भने अनुपाको कुरा ठाडै अस्विकार गरेका छन् । उनीहरुले अनुपालाई गाली गर्नुका साथै अनुपालाई नकटी समेत भन्न भ्याएका छन् ।

भिडियोः

सभामुखमा निर्वाचित भएपछि सापकोटाले भने, ‘लोकतन्त्रको मूल्यमान्यता र आदर्शलाई कायम गर्नेछु’

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट निर्वाचित भएर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि लाग्ने स्पष्ट गर्नुभयो । उहाँले आफूलाई उम्मेदवार बनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा सहयोग गर्ने नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, सङ्घीय समाजवादी पार्टीलगायत सबैलाई धन्यवाद दिनुभयो ।

सर्वोच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले कुनै प्रतिक्रिया दिनुभएन । राष्ट्रपतिसँग शपथ लिएपछि नवनिर्वाचित सापकोटाले पदभार लिनुहुनेछ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपाका नेता सापकोटा सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको हो । बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एक मात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो ।

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उहाँले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनुहुने छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!