Friday, April 16, 2021
Home > अपराध > यस्तो पनि प्रेमको सजाय ! शिक्षण अस्पतालको मु’र्दाघरमा न्याय पर्खिरहेको एउटा श:व!

यस्तो पनि प्रेमको सजाय ! शिक्षण अस्पतालको मु’र्दाघरमा न्याय पर्खिरहेको एउटा श:व!

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एउटा श:व समाजको क्रुर अनुहार र विघटित प्रेमको कथा बोकिबसेको छ। २ साउन २०७३ देखि यहाँ राखिएको यो श:व यहीँ पल्टिरहेछ। श:वको सनाखत नभएर होइन, न त बुझिलिने मानिस नै नभएर हो। परिवारजनले नै बुझ्न नमानेकाले यो श:व यत्तिकै राखिएको हो। त्यसो त यो श:व यहाँसम्म आइपुग्नु पछाडि पनि निकै संवेदनशील कारण लुकेको छ ।

श:व यत्तिकै आइपुगेको होइन । पत्याउनुहुन्छ ? एकपटक पोस्टमार्टम भई सद्‍गत गरी गाडिएको श:व पुनः पोस्टमार्टमका लागि यहाँसम्म आइपुगेको हो। किन ? यसपछाडि समाजको निकृष्ट अनुहार लुकेको छ। र, यो शवले कसरी नेपाली समाजले अहिले पनि प्रेमभन्दा माथि तथाकथित मान्यताका बारहरू राखिरहन्छ भन्ने बताउँछ। खासमा यो श:व न्याय मागिरहेछ। न्यायको यो लडाइँ काभ्रेको पाँचखालबाट शुरू हुन्छ।

अन्तरजातीय प्रेम सम्बन्धका कारण आँखी बनेका काभ्रेका अजित मिजारको श:व तीन वर्षदेखि शिक्षण अस्पतालमा न्यायको प्रतीक्षा गरिरहेको छ।

कथा यस्तो छ

काभ्रेको पाँचखाल नगरपालिका–६ का १८ वर्षीय अजित मिजार गाउँकै सर्वमंगल उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै गर्दा एक स्थानीय युवतीसँग प्रेममा परे। काभ्रेकै ज्याम्दीकी पराजुली थरकी १७ वर्षीया युवतीसँग मिजारको मन मिलेको थियो। उनीहरू एकअर्कालाई असाध्यै माया गर्थे। र, २०७१ देखि नै बिहे गर्ने योजना बुन्न थाले। त्यो योजना २५ असार २०७३ मा मात्र पूरा भयो । दुवैले आफूखुशी भागेर बिहे गरे।

उनीहरूले केबल एक–अर्काको मन हेरेका थिए। तर, समाजले उनीहरूको जात पनि हेरिदियो। खासगरी केटी पक्षका घरपरिवारले सम्बन्ध स्वीकार्ने अवस्था नभएपछि उनीहरू बिहेलगत्तै अजितको दिदीको घरमा पुगे। त्यहाँ पुगेपछि युवतीले आफूले बिहे गरेको भन्दै घरपरिवारलाई जानकारी दिइन्।

“छोरालाई शुरूदेखि नै ज्यान मार्ने धम्की आइरहेको थियो, हामीलाई खबर नै नगरी पोस्टमार्टम गरेर हतारमा श:व गाडियो। हामीलाई शंका लागेको थियो, घटना योजनाबद्ध छ भन्ने।” – हरिभक्त मिजार

घरपरिवारले थाहा पाएलगत्तै प्रहरीमा उजुरी दिए। २७ असारकै दिन उमेर नपुगेको भन्दै तथा जातीय आधारमा समेत विवाहित जोडीलाई छुटाई अविभावकको जिम्मा लगाइयो। फकाइ फुलाएर बिहे गरेको भन्दै युवतीका घरपरिवारबाट युवकलाई ज्यान मार्नेसम्मका धम्की आइरहे। २९ असारमा दिउँसो १ बजे अजित मिजार कसैलाई जानकारी नदिइकनै घरबाट निस्के। घरबाट छोरा सम्पर्कबाहिर भएपछि परिवारका सदस्य अत्तालिए।

साेही राति ८ बजे मिजारले निकै तनाव र अत्तालिएको अवस्थामा आफ्नी ठूलीआमालाई फोन गरेका थिए। २५ गते बिहे गरेर २७ गते एकअर्कासँग छुट्टिएर घरदेखि हिंडेका उनी ३० असारमा धादिङको कम्पुर–३ स्थित एउटा काठको प्रतीक्षालयमा मृ त भेटिए।

“झुण्डिएर आत्मह त्या गरेको भनिएको उनको श:वको खुट्टा भुइँमा लत्रिएकोे, घाँटीमा प्रयोग गरिएको डोरी त्रिपालको छेउको भागको भएको, उक्त डोरी पनि लत्रेको अवस्थामा रहेको र घाँटीको गाँठो पनि राम्रोसँग नकस्सिएको अवस्थामा श:व भेटियो”, घटनाबारे दलित नागरिक समाजको तर्फबाट गरिएको स्थलगत अध्ययन प्रतिवेदनमा भनिएको छ।

श:व भेटिएपछि धादिङ्गको गजुरीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले गजुरी प्राथमिक स्वास्थ्य केन्द्र, धादिङमा लगेर पोस्टमार्टम गर्‍यो। प्रहरीले मृ तकको परिवार पत्ता लगाउने र उनीहरूलाई खोज्ने जमर्को पनि गरेन।

काभ्रेका युवालाई धादिङमा लगेर मा रिएको र पोस्टमार्टम पनि नगरी हतार-हतार गाडिएको स्पष्ट हुँदाहुँदै पनि कुनै कारबाही नभएको तत्कालीन समयमा विभिन्न छानबिन समितिले गरेको अध्ययन प्रतिवेदनले समेत ठहर गरेका थिए। दुईदिनसम्म शवको सनाखत नै भएन। प्रहरीले धादिङमै श:व गाड्यो।

धादिङमा एउटा युवाको श:व फेला परेको खबर अजितका घरपरिवारले थाहा पाए। आफ्नो छोरो हराइरहेको हुनाले परिवारलाई शंका लाग्यो। लगत्तै परिवारका सदस्यहरू पुगे। उनीहरू पुग्दासम्म श:व गाडिसकिएको थियो। गाडिएको श:व अधिकारकर्मी र परिवारको आग्रहपछि निकालियो। श:व अजितकै थियो।

परिवारले गाडिएको श:व निकालेर पुनः पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याए। २ साउन २०७३ मा पोस्टमार्टम गर्न भनेर त्रिवि शिक्षण अस्पतालमा ल्याइएको शव अहिलेसम्म अस्पतालमा नै छ। परिवारका सदस्यहरूले अहिलेसम्म शव बुझेका छैनन्। न त उनीहरूले दाहसंस्कार नै गरेका छन्।

“छोरालाई शुरूदेखि नै ज्यान मार्ने धम्की आइरहेको थियो”, त्यतिखेरको घटना सम्झँदै मृ तक अजितका बुबा हरिभक्त भन्छन्, “हामीलाई खबर नै नगरी पोस्टमार्टम गरेर हतारमा श:व गाडियो। हामीलाई शंका लागेको थियो, घटना योजनाबद्ध छ भन्ने।”

पोस्टमार्टम गरेपछि गाडिएको भनिएको मृ तकको शरीरमा कुनै चिरफारसमेत गरिएको थिएन। “मेरो छोराको योजनाबद्ध ह त्या गरेर फालियो। तर अहिलेसम्म न्याय पाइएन”, हरिभक्त भन्छन्, “घटनाको गम्भीररूपले अनुसन्धान गरेर दोषीलाई कारबाही हुनुपर्ने हाम्रो माग छ।”

परिवारका सदस्यहरूले ह त्या गरिएको घटनालाई पनि प्रहरी प्रशासनको मिलेमतोमा आत्मह त्या बनाइएको आरोप लगाएका छन्। घटनालगत्तै अजितका बुबाले युवतीका परिवारका चारजना सदस्यविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।

प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो। तर, धादिङ जिल्ला अदालतले भने उनीहरूलाई शुरूमा धरौटीमा छाड्यो, पछि अन्तिम फैसलाबाट उनीहरूले सफाइ नै पाए। पोस्टमार्टम नै शंकास्पद हिसाबले भएको र छोराका हत्यारालाई कारबाही नभएसम्म दाहसंस्कार नगर्ने अडान अजितको परिवारले राखेको छ।

प्रहरीले आर्थिक प्रलोभनमा मुद्दालाई ह त्या नभई आत्महत्या गरेको भन्नेतर्फ अनुसन्धान प्रतिवेदन तयार पारेपछि किटानी जाहेरी दिएका सबैले सफाइ पाएको अधिकारकर्मीहरू बताउँछन्। काभ्रेका युवालाई धादिङमा लगेर मारिएको र पोस्टमार्टम पनि नगरी हतार-हतार गाडिएको स्पष्ट हुँदाहुँदै पनि कुनै कारबाही नभएको तत्कालीन समयमा विभिन्न छानबिन समितिले गरेको अध्ययन प्रतिवेदनले समेत ठहर गरेका थिए।

तत्कालीन व्यवस्थापिका संसद्को ‘सामाजिक न्याय तथा मानवअधिकार समिति’अन्तर्गतको उपसमितिले पनि पोस्टमार्टम रिपोर्ट नै गलत बनाएर प्रहरीले दोषी उम्काउन खोजेको ठहर गरेको थियो। प्रहरीले आर्थिक प्रलोभनमा मुद्दालाई ह त्या नभई आत्महत्या गरेको भन्नेतर्फ अनुसन्धान प्रतिवेदन तयार पारेपछि किटानी जाहेरी दिएका सबैले सफाइ पाएको अधिकारकर्मीहरू बताउँछन्।

“सद्‍गत अहिलेसम्म भएको छैन। क्षतिपूर्ति दिने काम भयो। न्याय दिने काम भएको छैन”, दलित गैर सरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्मा भन्छन्, “राज्यले यो घटनालाई गम्भीरतापूर्वक हेरेन।” उनी यो घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरेर दोषीलाई कारबाही हुनुपर्ने माग गर्छन्। मृ’तक अजितका बुवा राज्यले आफ्नो छोराको ह त्या नै भएको भन्दै १० लाख क्षतिपूर्ति दिने काम गरेको बताउँछन्।

“मेरो छोरा मारियो। राज्यले क्षतिपूर्ति भनेर १० लाख रकम त दियो”, उनले भने, “रकमले मात्रै के गर्ने, न्याय भने अहिलेसम्म मिलेको छैन।” दलित नागरिक समाजको तर्फबाट गरिएको स्थलगत अध्ययन प्रतिवेदनले विभिन्न प्रमाण, घटनाको प्रकृति, प्रत्यक्षदर्शीको भनाइ, आफन्तहरूका भनाइ तथा घटनाको पृष्ठभूमिले पनि आत्मह त्या नभई नियोजितरूपमा ह त्या नै भएको निष्कर्ष निकालेको छ।

उक्त घटनालाई ‘आत्मह त्याको रूपमा वारदात कायम गराउने प्रपञ्च स्वरूप अन्य ठाउँमा हत्या गरी मृ तकको लासलाई धादिङ्ग जिल्ला कुम्पुर गाविस वडा नंं ३, परेवाटारस्थित ठाँटीमा झुण्डाइएको’ अध्ययन प्रतिवेदनमा उल्लेख छ।

Leave a Reply