Thursday, April 15, 2021
Home > मनोरञ्जन > मेरो दिल छ पोखरामा फागुन ५ गते विशेष शो हुदै

मेरो दिल छ पोखरामा फागुन ५ गते विशेष शो हुदै

काठमान्डाैं । गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारीको निर्देशनमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको आगामी फागुन ५ गते काठमान्डाँैमा विशेष प्रद्र्धशन गरिने निमार्ण पक्षले बताएको छ । कला राईको प्रस्तुतीमा रहेको सिनेमा मेरो दिल छ पोखरामा को बिशेष शो य फागुन ५ गते दिनको २ बजे बागबजार को सिटिम्याक्स सिनेमा भवनमा गरिने भएको छ । चलचित्र मा राजु पौड्याल, रन्जु रन्जना रहेका छन् ।

यस्तै गंगा कुवँर, लक्ष्मी श्रेष्ठ, दिप कुलुङ,कला राई, हेमलता घिमिरे र राजन महर्जन को अभिनय रहेको छ । नेपाली सिनेमा भित्रको बास्तविक कथालाई चलचित्रमा उठाइएको चलचित्रका निर्देशक घायलले बताए । रामकृष्ण कडेलको छायांकन ,देव महर्जनको द्वन्द ,बिश्वास भण्डारी को सम्पादन,राजन महर्जन को नृत्य छ ।

शंकर अधिकारी र दिपेन्द्र खड्का को गीत,पुरुषोत्तम न्यौपाने , पुष्कर सुनुवार, सिडि बिजय अधिकारी र शंकर अधिकारी घायलको संगीत, नित्याशिवा, ममता मगर पुरुषोत्तम न्यौपाने र सिडि बिजय अधिकारी को स्वर रहेको छ । चलचित्रलाई चैत्र १४ गते अल नेपाल रिलिज गरिने समेत चलचित्रका निर्देशकले बताए ।

स्पेनका राजा फेलिपेको नेपाल भ्रमण गर्ने इच्छा

स्पेन । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्।शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेकी थिइन् ।

स्पेनका नरेशले राजदूत शेर्पालाई बधाई दिनुका साथै नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीप्रति शुभकामना व्यक्त गरेका थिए । उनले नेपालको अनौपचारिक भ्रमणको सम्झना गर्दै फेरि कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताए । उनले राजदूत शेर्पाको सफल कार्यकालको कामना गर्दै वितेका वर्षहरुमा नेपाल तथा स्पेनबीच सम्बन्ध विस्तार हुँदै गएकोमा खुसी पनि व्यक्त गरे ।

स्पेनका राजाले एप्रिल २०१५ को विध्वंशकारी भूकम्पपछि नेपालमा भई रहेको पुनर्निर्माणका कामहरूको प्रगति तथा जलवायु परिवर्तनका असरहरूबारे पनि जिज्ञासा राखेका थिए । सो अवसरमा राजदूत शेर्पाले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाएकी थिइन् ।राजदूत शेर्पालले सुन्दर मुलुक स्पेनमा न्यानो स्वागत गरेकोमा धन्यवाद पनि दिइन् ।

राजदूत शेर्पाले राजा फेलिपेलाई नेपालको स्थिर राजनीतिक परिस्थिति तथा “समृद्ध नेपाल, सुखी नेपाली” को दीर्घकालिन लक्ष्य पूरा गर्न सरकारले थालेका प्रयासबारे पनि जानकारी गराएकी थिइन् । उनले स्पेनका राजालाई नेपाल सरकारले जलवायु परिवर्तनका बारेमा आउँदो २–४ एप्रिल २०२० मा काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवाद तथा नेपाल भ्रमण वर्ष २०२० बारे पनि जानकारी गराएकी थिइन् ।

सो समारोहमा स्पेनको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल तथा महासचिव, राजदरबारका चिफ प्रोटोकल अफिसर, नेपाली दूतावासका कर्मचारीहरु तथा स्पेनी सञ्चार माध्यमका प्रतिनिधिहरु पनि उपस्थित थिए ।

Leave a Reply