Sunday, September 20, 2020
Home > अपराध > अनैतिक सम्बन्ध राख्न नपाएको रिसमा ससुराले बुहारीको ह त्या गरे, बिचरी छोरीकाे बिजोग… (भिडियो हेर्नुहाेस्)

अनैतिक सम्बन्ध राख्न नपाएको रिसमा ससुराले बुहारीको ह त्या गरे, बिचरी छोरीकाे बिजोग… (भिडियो हेर्नुहाेस्)

माघ ११,रामनगर/दाङ — गढवा गाउँपालिका ४ रामनगरका एक वृद्धले बुहारीको ह त्या गरेका छन् । ६५ वर्षीय कुलमान कुँवरले आफ्नी २७ वर्षीया बुहारी वसन्ता कुँवरको गरेका हुन् । घरायसी विवादका कारण बुधबार राति वृद्धले बुहारीको पे ट, ढाड र छातीमा च क्कु प्र हार गरी गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए । ति बृद्धका’लमा समेत यस्तो अप्रिय घटना घटाउने यस्ता बृद्धकाे नजर खराव रहेकाे सबैकाे भनाइ छ ।

ग म्भीर घाइते भएकी कुँवरको उपचारका क्रममा राति कोहलपुर मेडिकल कलेज बाँकेमा निधन भएको उनले जानकारी दिए । वृद्धलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी खड्काले बताए ।

घटनाको कारण

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय गढवाका प्रहरीका अनुसार गएराती करिव साढे ८ बजेको समयमा घरमा खाना खाने बेला भएको थियो । कान्छी बुहारी बसन्ताका श्रीमान सञ्जय योगी कुँवर कुखराको दाना किन्न भन्दै बजार गएका थिए । बसन्ता आफ्नी एक मात्र सन्तान ७ बर्षीया छोरी र जेठाजुका ९ बर्षका छोरा समेतलाई खान खुवाउँदै थिइन् ।

बसन्ताकी जेठानीको नाम पनि बसन्ता नै हो । बेग्लै घरमा जेठानी बसन्ता र उनका छोराछोरी बस्ने गरेका थिए । जेठानीका एक छोरी र एक छोरा छन् । तीमध्ये ९ बर्षीय नातीसँगवृद्धले सधैँ सँगै सुताउँदै आएका थिए । तर, गत ४÷५ दिनयता हजुरबुबासँग सुत्न जान उनी पटक्कै मान्न छाडेका थिए ।

६ महिनाअघि ती वृद्धकी श्रीमती अर्थात ति बालककी हजुरआमाको निधन भएपछि हजुरबुबाले उनकै आमाले पकाएको खाना खाँदै आएका थिए । त्यसदिन पनि खाना खाएर नातीलाई सुत्नका लागि बोलाउन पठाए । हिजो राती पनि सँगै सुत्न नमानेपछि कान्छी आमाको घरमा लुक्न गएका नातीलाई मलाई नातीसँग सुत्न जान रोक्ने यहि हो (कान्छी बुहारी बसन्ता) भन्दै च क्कु लिएर घरभित्र पसे ।

खाना खाँदै गरेको अवस्थामा पहिला बसन्ताको पेटमा निर्मम ढङ्गले प्रहार गरि ढलाए । बसन्ताले ‘बचाओ.. बचाओ..’ भन्दै गुहार मागेपछि जेठानी दिदी जोगाउन अल्लो घरमा आएर हेर्दा देउरानी बसन्ता चिच्चाउँदै थिइन् । बचाउन खोज्ने क्रममा जेठी बुहारीमाथि पनि जाइलाग्न थाले ।

बसन्तालाई फेरी ढाड शरीरका अन्य अ ङ्गमा पनि प्र हार गर्न नछाडेपछि आफू र दुवैतर्फका तीन सन्तानको समेत ज्यान जाने डरले जेठी बुहारीले बच्चाहरु जेगाउँदै त्यहाँबाट भागेर बचिन् । नाती सुत्न आउन नमानेको दोस्रो दिन अर्थात तिन दिनअघि पनि जेठी बुहारीलाई समेत च क्कु हा न्ने प्रयास गरेको प्रहरी निरीक्षक राठौरले बताए । त्यसअघि आफ्ना छोराहरुलाई समेत च क्कु हा नेको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक राठौरको भनाइ छ ।

हजुरबुबासँग सधैँ सँगै सुत्ने नाती केहिदिन यता हजुरबुबाले सिरानीमा च क्कु राख्दै आएको देखेर हो वा अन्य कारणले केहि दिन यता नाती हजुरबुबासँग सुत्न जान किन मान्न छाडे ? भन्ने बिषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । यता जेठी बुहारीले भने ससुराको नियत राम्रो नभएको बताएकी छन् । बेला बेला नराम्रो नजरले हेर्ने गरेको पनि उनले बताएकी छन् ।

भिडियो हेर्नुसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!