Friday, April 16, 2021
Home > समाचार > आज माइतीघर मण्डलामा अमेरिकी एमसीसी विरुद्ध बिशाल विरोध प्रदशर्न हुदै, यी दिग्गज ब्यक्तिहरू आउदै… हेर्नुहास्

आज माइतीघर मण्डलामा अमेरिकी एमसीसी विरुद्ध बिशाल विरोध प्रदशर्न हुदै, यी दिग्गज ब्यक्तिहरू आउदै… हेर्नुहास्

अमेरिकी परियोजना (एमसीसी) विरुद्ध राजधानी काठमाडौंमा आज शनिबार विशाल विरोध प्रर्दशन गरिने भएको छ । विकासे परियोजनाको नाममा नेपाल छिरेर अमेरिकी साम्राज्यवादले आफ्नो गतिविधि बढाउने चलखेल गर्न लागेको भन्दै राष्ट्रिय झण्डासहित विरोधसभा गरिने भएको हो । राष्ट्र र राष्ट्रियताको रक्षाका निम्ति राष्ट्रको अखण्डता जगेर्ना गर्न, मुलुकको सार्बभौमसत्ताको सुरक्षा गर्न मातृभुमि संरक्षण नेपालको आयोजनामा हुदैछ

आज माइतीघर मण्डलामा एमसीसी परियोजनाको विरुद्ध विरोध प्रदशर्न हुन लागेको हो । यहि माघ ११ गते शनिबार दिउँसो प्राचीन राजदरबार परिसर हनुमानढोका शिवपार्वती डबलीबाट एमसीसी परियोजनाको राष्ट्रघाती कदम रोक्न राष्ट्रिय झण्डासहित जुलुस निकाल्ने कार्यक्रम रहेको आयोजक संस्थाका संयोजक राजन महर्जनले जानकारी जानकारी दिएका छन् ।

कार्यक्रममा विभिन्न राष्ट्रवादी संघ र संस्था,देशभक्त नेपाली नागरिकको उपस्थिती रहने जनाइएको छ । शनिबार दिउँसो १ बजे हुने कार्यक्रममा एमसीसी परियोजनालाई संसदबाट पारित गर्ने नेपाल सरकारको कदम रोक्न आयोजना गरिएको कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरिएको छ । एमसीसी परियोजना विरुद्ध देशका विभिन्न स्थानमा विरोधसभा जारी छ्न् ।

अमेरिकासंग गरिएको एमसीसी सम्झौतामा के के छ ? सम्झौताको पूर्णपाठसहित (नेपाली र अंग्रेजीमा) – सन् २००४ मा स्थापना भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संयुक्त राज्य अमेरिकी सरकारको सहयोग निकाय हो। यसले निश्चित परिसूचकका आधारमा विश्वका विकासशील राष्ट्रहरूको छनोट गरी आर्थिक वृद्धिमा टेवा पुर्‍याउँदै गरिबी हटाउन अनुदान सहायता प्रदान गर्ने उद्देश्य लिएको बताइने गरिएको छ।

हालसम्म ४९ देशमा एमसीसीको सहयोग छ। अल्बानिया, अरमेनिया, जर्जिया, जस्ता युरोपियन देशका साथै अफ्रिकी मुलुकहरुमा पनि यो कार्यक्रम लागू भइरहेको छ। ल्याटिन अमेरिकाको पेरु, ग्वाटेमाला, गुएनाका साथै एशियाका मंगोलिया, फिलिपिन्स, श्रीलंका, इण्डोनेसिया आदि देश पनि यसमा अनुबन्धित छन्। एमसीसीको बोर्ड अफ डाइरेक्टरको २०१७ अगस्ट महिनामा बसेको बैठकले नेपाललाई लगभग ५० अर्बको अनुदान सहयोग गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ।

यसैअनुसार एमसीसी र नेपाल सरकारबीच २०७४ भाद्र २९ गते ‘मिलेनियम च्यालेञ्ज कम्प्याक्ट’ सम्झौता सम्पन्न भएको हो। उक्त सम्झौतामा तात्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी एमसीसी कार्यक्रमका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले हस्ताक्षर गरेका थिए। उक्त सम्झौताबमोजिम अमेरिकी सरकारले ५०० मिलियन अमेरिकी डलर अनुदानस्वरूप उपलब्ध गराउने र नेपाल सरकारका तर्फबाट १३० मिलियन अमेरिकी डलर बराबरको रकम कार्यक्रमका लागि विनियोजन गर्नुपर्नेछ व्यवस्था छ। नेपालले उक्त रकम ऊर्जा र यातायात विकासका पूर्वाधारका क्षेत्रमा खर्च गर्नुपर्नेछ। जसमा सम्झौता लागू भएको मितिबाट ५ वर्षमा परिचालन गरी सक्नुपर्नेछ।

नेपालको विकास परियोजना निर्माणमा अमेरिकाले ५१ अर्ब (पाँच सय मिलियन डलर) र नेपाल सरकारले १३ अर्ब ३६ करोड (एक सय ३० मिलियन डलर) गरी ६४ अर्ब २६ करोड रुपैयाँ (६ सय ३० मिलियन अमेरिकी डलर) लगानी गर्ने योजनाअनुसार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। नेपालका विभिन्न भागमा करिब तीन सय किलोमिटर विद्युतीय प्रसारण लाइन निर्माण तथा तीन सय किलोमिटर सडक मर्मत गर्नु सहयोग सम्झौताअन्तर्गतका परियोजनाको उद्देश्य रहेको वासिङटन डीसीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरिएको थियो।

उक्त सम्झौता संसद्बाट अनुमोदन गरिनुपर्ने सम्झौतामा उल्लेख छ। तर, उक्त सम्झौताले नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने र चिनियाँ सहयोगको ढोका बन्द हुने भन्दै केहि नेताहरु तथा विज्ञ ब्यक्तिहरुले आपत्ति जनाएका हुन्।

नेपाली भर्सनको पिडिएफ

संसदमा दर्ता भएको अनुदान सहायता सम्झाैतापत्र (मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)

स्वदेशनेपालबाट साभार गरिएकाे सामाग्री ।

Leave a Reply