Friday, April 16, 2021
Home > जीवनशैली > यी हुन् सरकारकै सांसद पक्राउ गर्ने शक्तिशाली एसपी, देशभरि प्रशंसा हुदै…!

यी हुन् सरकारकै सांसद पक्राउ गर्ने शक्तिशाली एसपी, देशभरि प्रशंसा हुदै…!

माघ ०९, पोखरा । केहि दिन अगाडि कास्कीका एन्फा अध्यक्ष गुरूङमाथि हातपात गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेशका सांसद एवम् पूर्वगुण्डा नाइके दीपक मनाङे पोखरामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार प्रदेश सांसद मनाङेलाई लेकसाइडबाट पक्राउ गरिएको हो । कास्की प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीको पूर्वस्वीकृतिपछि पक्राउ गरेको एसपी कार्कीले बताए ।

पूर्वगुण्डा नाइके समेत रहेका नेकपाका प्रदेश सांसद मनाङेले आफ्नो पदीय हैसियतलाई बेवास्ता गरेर गण्डकी प्रदेश अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष दीपक गुरुङलाई मुक्का हानेका थिए । पूर्व गुण्डा नाइके मनाङेले बुधबार पत्रकार सम्मेलन गरेर गण्डकी प्रदेश एन्फाका अध्यक्ष गुरुङलाई आफूले हातपात र कुटपिट गरेको स्वीकार गरेका थिए ।

पूर्व गुण्डा नाइके मनाङेले नेपाल प्रहरीलाई सिधै चुनौती दिएर आफूलाई सक्ने भए कारबाही गर्न भनेका थिए । मनाङेले दिएको चुनौतीको २४ घण्टाभित्रै कास्की प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सभाको निर्वाचनका बेला तत्कालीन एमालेको समर्थनमा स्वतन्त्रबाट विजयी भएका मनाङे केही महिना अगाडि मात्रै नेकपामा प्रवेश गरेका थिए ।

मनाङेको विगतका काण्डहरू सर्वसाधारणले भुल्दै गएका बेला पुनः पोखरामा एन्फाका अध्यक्ष गुरुङलाई कुटेर आफू नसुध्रिएको संकेत दिएका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली निकट रहेको बताउने पूर्व गुण्डा नाइके समेत रहेका प्रदेश सांसद मनाङेलाई कास्की प्रहरीले त्यत्तिक नछाड्ने संकेत गरेको छ । सांसद हुँदा पनि सुध्रिन नसकेका मनाङेका दिन फेरि पनि तनावपूर्ण हुनेछ ।

भीआईपी पूर्व गुण्डा नाइकेलाई तनाब

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेशका प्रदेश सांसद एवम् पूर्व गुण्डा नाइके राजीव गुरुङ भनिने दीपक मनाङेविरुद्ध प्रहरीमा उजुरी परेको छ । मनाङेले मंगलबार पोखरामा शुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबलको उद्घाटनका क्रममा एन्फा कास्कीका अध्यक्ष, एन्फा गण्डकीका उपाध्यक्ष र प्रतियोगिता आयोजक समितिका कोषाध्यक्ष समेत रहेका मिलन गुरुङलाई मनाङेले प्रतियोगिता स्थलमा हातपात गरेका थिए ।

आफ्नो जिल्ला मनाङबाट आएको टोलीलाई प्रतियोगिता शुरू हुनुपूर्वदेखिको होटलको व्यवस्थासँगै अभ्यासको लागि मैदान उपलव्ध नगराएको भन्दै मनाङेले गुरुङलाई गालीगलौज गर्दै हातपात गरेका थिए ।

पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरितको कसुर हुँदा निजलाई ठाँडै पक्राउ गरी प्रचलित कानून अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी कास्की प्रहरीमा निवेदन दिएका छन् ।

पीडित गुरुङले मुद्दा दत्र्ता गर्न जानुअघि पोखरामा पत्रकार सम्मेलन गर्दै शान्ति सुरक्षा, सार्वजनिक स्थलमा हातपात गरेको, विभिन्न आरोपहरु लगाएर आफनो चरित्र हत्या गर्ने काम गरेको र आफनो जिउ धनको सुरक्षाको माग गर्दै मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दत्र्ता गर्ने जानकारी दिएका थिए ।

मंगलबार मनाङेको जस्तो व्यवहार आफूले पनि देखाएको भए प्रतियोगिता भाँडिने सम्भावना हुने भन्दै अध्यक्ष गुरुङले उद्घाटनका लागि मुख्यमन्त्री समेत आउने समय भएकाले आफू संमयित भएर बसेको बताएका छन् । गण्डकी प्रदेशमा मनाङे जस्तै ६० सदस्य रहेकाले अन्य सांसदको ईज्जतको लागि पनि सहेर बसेको अध्यक्ष गुरुङको भनाई थियो ।

एन्फा उपाध्यक्ष एंव प्रतियोगिताका संयोजक कृष्ण थापाले जनताले चुनेको प्रतिनिधीले मर्यादामा बस्नुपर्ने भएपनि उनले आफ्नो मर्यादा आफै घटाउने काम गरेको जानकारी दिए । उनले आफूहरूलाई रकम भष्टाचार गरेको, मनपरि गरेको जस्तो आरोप समेत मनाङेले सार्वजनिक स्थानमा लगाएकाले केही अनिमियतता र मनपरी भएको भए त्यसको प्रमाण पेश गर्न थापाले चुनैती समेत दिएका छन् ।

आफूहरूले कानूनी उपचार खोज्ने भन्दै थापाले यसका लागि दुई तीन दिनपछि एन्फाको बैठक बस्न लागेको जानकारी समेत दिएका छन् । उता, पूर्वगुण्डा नाइके समेत रहेका गण्डकी प्रदेशका नेकपाका प्रदेश सांसद मनाङेले आफूविरुद्ध उजुरी हालेर केही फरक नपर्ने बताएका छन् । उनले आफूले अध्यक्ष गुरुङलाई हातपात गरेको स्वीकार गर्दै भनेका छन्, ‘मुख्यमन्त्रीले हान्नुपर्ने मैले झापड हानेको हुँ ।’

प्रदेश सांसदमा निर्वाचित हुनु अगाडि विभिन्न ज्यानमार्ने उद्योग र फौजादरी अभियोगमा सजाय पाएका मनाङे तत्कालीन एमालेको समर्थनमा स्वतन्त्रबाट उम्मेदवार बनी निर्वाचित भएका थिए । केही महिना अगाडि मात्रै मनाङेगे नेकपामा प्रवेश गरेका हुन् ।
रिपब्लिकादैनिकबाट ।

Leave a Reply