Saturday, April 17, 2021
Home > भिडियो > इन्द्रेणीका कृष्ण र जेरीले भ्यालेन्टाइन डेका दिन इजरायलकाे तेलअभिव तताउने… (भिडियो हेर्नहाेस)

इन्द्रेणीका कृष्ण र जेरीले भ्यालेन्टाइन डेका दिन इजरायलकाे तेलअभिव तताउने… (भिडियो हेर्नहाेस)

चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका प्रस्तोता कृष्ण कंडेल र चर्चित दोहोरी गायिका बबिता बानिया “जेरी”को उपस्थितिमा सलोम नेपाल मुभमेन्ट सोसाइटी इजरायलको आयोजनामा आगामी १४ फेव्रुअरी २०२०मा “शिक्षा बाट बञ्चित बाल बालिकाको” सहयोगार्थ सांस्कृतिक कार्यक्रम इजरायलमा हुने भएको छ |मन, बचन र कर्मले सेवा गरौ भन्ने अभिप्रायले इजरायल लगायत विश्वका अन्य थुप्रै मुलुकहरुमा समेत क्रियाशिल रहदै आइरहेको सबैमा जानकारी नै छ ।

परोपकारी सामाजिक संस्था सलोम नेपाल मुभमेन्ट सोसाईटीटद्वारा पछिल्लो समय लोकप्रेमी नेपालीहरुको मनमुटुको ढुकढुकी, नेपाली मौलिक लोक सांस्कृतिक सन्देसकर्ता,आँसु गायक, प्रेरणादायी र अनुकरणिय सामाजिक अभियन्ता, बरिष्ठ पत्रकार तथा ABC टेलिभिजन मार्फत प्रशारण हुने इन्द्रेणी कार्यक्रमका प्रमुख निर्देशक श्री कृष्ण कंडेल र लोक दोहोरी गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय लाजिम्पाट समितिकी प्रवक्ता समेत रहेकी बबिता बानिया “जेरी”को उपस्थिती रहने छ ।

उहाँहरूकाे उपस्थितिमा भ्यालेन्टाइन डे (प्रेम दिवश)को अवसरमा आर्थिक स्तर अत्यन्तै कम्जोर भई शिक्षाको अवसरबाट बञ्चित गरिव बाल बालिकाहरुको सहयोगकोलागि भ्यालेन्टाइन विशेष नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको संस्थाकी सचिब ज्योति शर्मा ले जानकारी दिनु भयो ।

कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस भन्ने भावनाले सलोम नेपाल मुभमेन्ट सोसाइटीले इजरायलको तेलअभिब एभरेस्ट डिस्को हल (तखाना मार्कजितमा भ्यालेन्टाइन विशेष तथा नेपाल भ्रमण बर्ष २०२० सास्कृतिक साझमा हुने कार्यक्रमको भिडियो इन्द्रेणी युट्युब च्यानलमा समेत रहने छ जसका लागि इन्द्रेणिका टेक्निसियन नबिन सिग्देल साथमा इजरायल आउने छन् ।

त्यस्तै आमन्त्रित कलाकार साथै “रमाईलाे छ संसारका वाद्यवादक टिमको साथमा स्थानीय कलाकारहरुको साथमा उक्त कार्यक्रम लोक गीत संगीतमय हुने छ ।

इजरायली सामाजिक कार्यमा क्रियासील सस्थाहरु तथा इजरायली नागरीकहरु समेत सहभागी रहने उक्त कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धनलाई ब्यापक पार्ने उदेश्यका साथ १५ फेब्रुअरी २०२० सनिबार जेरुसलमको बेतलेखेम र संसारकै होचो स्थान मृत सागर (death sea ) नेपाल भ्रमण बर्ष २०२० लेखिएको प्रचारप्रसार सामग्री टिसर्ट, क्याप टोपी र नेपाली झण्डाको साथ प्रचारप्रसार गरिने तालिका रहेको आयोजक सलोम नेपाल मुभमेन्ट सोसाइटीले जानकारी दिएको छ ।

इजरायलमा क्रियाशिल सम्पुर्ण राजनीतिक संगठन सामाजिक तथा धार्मिक, संघ संस्थाहरु जातीय संघ सस्था कला तथा साहित्य सस्थाहरु, पत्रकार लगायत सम्पूर्ण इजरायलमा कार्यरत नेपाली हरुलाई कार्यक्रम सफल बनाउन उपस्थितको लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

भिडियो हेर्नुसः

Leave a Reply