Friday, April 16, 2021
Home > समाचार > मकवानपुरमा फेरि अर्काे दुर्घटना, चालककै निधन

मकवानपुरमा फेरि अर्काे दुर्घटना, चालककै निधन

माघ ०९, काठमाडौं । दुई फरक–फरक घटनामा परेर २ जनाको ज्यान गएको छ । मकवानपुरको धियालमा बिहीबार विहान सवारी दुर्घटना हुँदा एकजनाको मृ’त्यु भएको छ । बकैया गाउँपालिका वडा नम्बर २ धियालको सरस्वतिमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ । मृ’त्यु हुनेमा ट्याक्टर चालक एवं धनी बाराको निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ वर्षीय परशुराम सिटौला रहेका छन् ।

ना ६ त ६१८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टदा सिटौलाको घटनास्थलमै मृुत्यु भएको हो । यस्तै, इलाममा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । इलामको रोङ गाउँपालिका–२ बर्फल्याङ ढोडेनीका २७ वर्षीय टिका कालीकोटेको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार घर नजिकै रहेको भिरबाट लडेर मृ’त अवस्थामा स्थानीयले फेला पारेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा गएको थियो । दुबै घटनामा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

सामान्य विवाद हुँदा आफ्नै साथीको छु’रा प्र’हार

काठमाडौं । म’दिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छु’रा प्र’हारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छु’रा प्र’हार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

छु’रा प्र’हारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिनुभयो ।

चार–पाँच जना साथीसँगै बसेर म’दिरा सेवन गर्दा भएको सामान्य विवादमा साथीले सुवालको छातीमा छु’रा प्र’हार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिँदै व्यासी कालोपाटीबाट प्र’हार भएको छु’रा ब’राम’द गरेको जानकारी दिनुभयो ।

Leave a Reply