एजेन्सी- बेलायती पूर्व मोडलले कुकुरसँग विवाह गरेको समाचार सार्वजनिक भएको छ । ४९ वर्षीया इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेको बताएकी हुन् । २ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि उनले कुकुरसँग विवाह गरेको बताएकी छन् । इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । त्यसबेला बेलायतमा पेज ३ भन्ने ट्रेन्ड थियो । पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो ।
उनको एक २५ वर्षीय छोरासमेत छन् । तर, धेरै पटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ । उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन् । उनले कुकुरसँग विवाह गरेपछि पुरुष किन चाहियो भन्ने प्रश्न पनि गरेकी छन् ।
मनाङ्गेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिँदै प्रहरी
कास्की– गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ पर्ने भएका छन् । प्रहरीले मनाङ्गेलाई पक्राउ गर्न आज जिल्ला अदालतबाट अनुमति लिने र पक्राउ गर्ने तयारी गरेको छ । मनाङ्गे विरु’द्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि आ’क्रमण गरेको भन्दै उजुरी दिएका थिए ।
सोही उजुरीमाथि छानबिनका लागि मनाङ्गेलाई पक्राउ गरिने र त्यसका लागि अदालतसँग आज अनुमति लिइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए । पोखरामा जारी मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै मनाङ्गेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेका थिए ।
गुरुङले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै आफूमाथि अन्याय भएको भन्दै न्यायका लागि प्रहरी कहाँ उजुरी दिने जानकारी गराएका थिए ।उनले बुधबार नै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराएपछि मनाङ्गेले पनि बेलुका पत्रकार सम्मेलन गर्दै आफूमाथि ठगी गरेका कारण झा’पड हा’नेको बताएका थिए ।उनले आफ्ना १८ जना खेलाडीलाई गुरुङले अलपत्र पारेको आ’रोप पनि लगाएका छन् ।