Friday, April 16, 2021
Home > अपराध > हेटाैडा अजिता ह’त्याका’ण्डः क्याम्पाडाँडामा न’ग्न अवस्थाकाे शःब, ‘लिभिङ टुगेदर’मा बस्ने फरार !

हेटाैडा अजिता ह’त्याका’ण्डः क्याम्पाडाँडामा न’ग्न अवस्थाकाे शःब, ‘लिभिङ टुगेदर’मा बस्ने फरार !

हेटौंडा, ९ माघ । हेटौंडाकी तेस्रोलिं’गी अजिता भुजेलको बला’त्का’रपछि ह’त्या भएको बताइएको छ । शनिबार हेटौंडा–५ क्याप्पा डाँडामा मृत भेटिएकी अजिताको बला’त्का’रपछि ह’त्या भएको तेस्रोलिंगी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन् । लैंगिक अल्पसंख्यक अधिकारका लागि काम गर्दै आएकी भुजेलको श’व विभ’त्स अवस्थामा फेला परेको थियो । अधिकारकर्मी थापाका अनुसार भुजेल न’ग्न अवस्थामा भेटिएकोले बला’त्कार भएको हुनसक्ने बताएका छन् ।

हेटौंडा– ११, नवलपुरकी २९ वर्षकी तेस्रोलिं’गी अजिताको श’वको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमपछि नवलपुरमा सोमबार दाहसंस्कार गरिएको छ । पोस्टमार्टममा अजिताको घाँटीमा निलडाम, टाउकोमा चोट देखिएको चिकित्सकले बताएको अजिताका फुपाजू देवबहादुर थापाले जानकारी दिए ।

मृ’तक अजिता भुजेलसँग ‘लिभिङ टुगेदर’ अर्थात् बिहे नगरी आपसी समझदारीमा श्रीमान्–श्रीमतीको रूपमा बस्दै आएका एक जना फरार रहेको खुलेको छ । भुजेल आवद्ध रहेकी निल हिरा समाज, मकवानपुरकी संयोजक किरण थापा सुरजले आज बुधवार पत्रकार सम्मेलन गर्दै अजिता लिभिङ टुगेदरमा बस्ने गरेको बताएका छन् । अजिताको साथीसमेत रहेकी थापाले विगत २ महिनादेखि अजिता एक व्यक्तिसँग लिभिङ टुगेदरमा बसेको जानकारी दिए ।

भुजेल हेटौंडा–५ स्थित क्याम्पाडाँडामा माघ ४ गते बिहान मृ’त अवस्थामा फेला परेकी थिइन् । उनको श’व घाँ’टीमा तारको डाम र टाउकोमा चोट लागेको अवस्थामा भेटिएको थियो । ‘अजिताले लिभिङ टुगेदरमा बस्ने कुरा मलाई बताएकी थिइन् । उनले व्यक्तिको फोटो देखाइन्, तर नाम र ठेगाना बताएकी थिइनन् ।–’ पत्रकार सम्मेलनमा थापाले भने ।

उनका अनुसार अजितासँग लिभिङ टुगेदरमा बस्ने व्यक्ति अहिले गायब छन् । सम्पर्क भन्दा बाहिर रहेको भन्दै अजिता ह’त्यामा उनको संलग्नताको शं’का लागेको थापाले जानकारी दिएका छन् । ‘लिभिङ टुगेदरमा बस्ने व्यक्ति डरले भागेको हो वा ह’त्यामा संलग्न भएकै कारण भागेको हो थाहा छैन । तर, फरार छ ।–’ थापाले पत्रकारहरुलाई भने । उनले प्रहरीलाई लिभिङ टुगेदरमा बस्ने व्यक्तिलाई अहिलेसम्म पक्राउ नगरेको बताए ।

थापाले भुजेलको ह’त्यामा तेस्रो लिङ्गीहरुको संलग्नता रहेको आशंका व्यक्त भइरहेको भन्दै तेस्रो लि’ङ्गीहरुबाट यस्तो हुन नसक्ने बताए ।

Leave a Reply