Tuesday, April 20, 2021
Home > समाचार > भर्खरै विराटनगरमा कलेज बस दुर्घटनाः एक बिद्यार्थीकाे दुःखद निधन, अन्य घाइते

भर्खरै विराटनगरमा कलेज बस दुर्घटनाः एक बिद्यार्थीकाे दुःखद निधन, अन्य घाइते

माघ ०९, माेरङ – विराटनगरमा कलेजका विद्यार्थी बोक्ने बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना विद्यार्थी घाइते भएका छन् । लर्ड बुद्ध कलेजका विद्यार्थी लिन गएको मे १ ख ४० ९० नम्बरको बस धनपालथान गाउँपालिका ६ मा अनियन्त्रित भएर पल्टिँदा गाडी धनी ३२ वर्षीय सानुकाे ज्यान गएको प्रहरीले जनाएको छ । बस दुर्घटना हुनुकाे मुख्य कारण भने अझै पत्ता लागेकाे छैन । छिट्टै यसका बारे अनुसनधान हुने बताइएकाे छ ।

एमसीसी घातक छ, एकपटक सम्झाैता पढ्नुस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पास गरे घातक हुने बताउनु भएको छ । दिपायल सिलगढी नगरपालिकाले बुधबार जिल्ला सदरमुकाम सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता रावलले एमसीसी पास गरे देशलाई नै घाटा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एमसीसीको सम्झौता पत्रमा उल्लेख भएका कुरा नपढिकन कैयाैँ नेताजीहरुले पास गरौँ भन्दै छन्, एकपटक सम्झाैता पढ्नुस्, सही वा गलत आजै छुट्टिने छ ।’ राष्ट्र र राष्ट्रियताका हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रिय चर्चाको विषय बनेकाले कुनै पनि हालतमा पास गर्न नहुने उहाँको तर्क छ ।

नेता रावलले भन्नुभयो, ‘हामी नागरिकका सेवक हौँ, नागरिकको हित गर्नुपर्ने ठाउँमा किन अहित गर्ने ।’ एमसीसी संसद्बाट कुनै पनि हालतमा पास हुन नदिने र त्यसको विराेधमा चट्टान बन्ने नेता रावलले दाबी गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले डोटी आफैमा सुन्दरताले भरिपूर्ण प्राकृतिक ठाउँ भएको र यहाँका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सके पर्यटन विकासमा उल्लेख्य सहयोग पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘डोटीले धार्मिक मन्दिर शैलेश्वरी, बडीकेदार र सुदूरपश्चिमकै प्रमुख पर्यटकीय स्थल खप्तडको प्रचारप्रसार गर्न सके हजारौँ पर्यटक भित्र्याउन सक्छ, जस्ले यहाँको पर्यटन विकास आफै हुनेछ ।’

Leave a Reply