Saturday, April 17, 2021
Home > धर्म सँस्कृति > बिहिबारको दिन भुलेर पनि नगर्नुहोस् यी काम

बिहिबारको दिन भुलेर पनि नगर्नुहोस् यी काम

बिहिबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर बिहिबार केही काम गर्न भने निषेध गरिएको छ ।शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ ।बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ ।

बिहिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ ।। लक्ष्मीको पूजा गर्नुहोस बिहिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ ।

यसरी गर्नुहोस श्री गणेशको पूजा, मिल्नेछ लाभ

काठमाडौँ – हामीले बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। श्री गणेशकाे पुजा जुनसुकै कर्म, पुवा गर्नु अगावै शुरूवातमै गरे मात्रै कर्म वा पुजा सफल रहन्छ । तपाईको घरमा आम्दानी भन्दा बढि खर्च हुने र घरमा कलह हुने गर्छ भन बुधबार यसता काम गनुृहोस जसले गर्दाघरमा आम्दानी बढ्छ भने कलह पनि कम हुन्छ । हरेक बुधबार भगवान गणेशको पुजा गर्नु फलदायी मानिन्छ।

घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै राम्रो खबर सुन्न पाइन्छ । यो दिन मुंगको दाल दान गर्नुहोस् जसले कष्ट निवारण हुन्छ त्यसै गरी बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ ।

जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ। त्यस्ते बुधबार ब्रत बस्नु पनि धेरै राम्रो मानिन्छ ।बुधबार गाईलाई हरियो घाँस खुवाउनुहोस् जसले सबै देवी९देवताको कृपा हुन्छ । त्यस्तै र हरियो चना भिजाएर चराचुरुगीँलाई खुवाउनु पनि राम्रो मानिन्छ ।

Leave a Reply