Sunday, July 11, 2021
Home > समाचार > सुनसरी हत्याकाण्डकाे दुःखद खबर, यसकारण भारतीय सुटरहरूले गोली चलाएका थिए…

सुनसरी हत्याकाण्डकाे दुःखद खबर, यसकारण भारतीय सुटरहरूले गोली चलाएका थिए…

इटहरी । सुनसरीको हरिनगर गाँउपालिका २ मा गोली प्रहार गरि हत्या गरिएका ५१ बर्षिय खुर्शिद आलम प्रधानाध्यापक भएको बताइएको छ । उनि भुटाहाको रेयान नेशनल पब्लिकका प्रधानाध्यापक हुन । उनलाई सोही बिद्यालय नजिकको चिया पसलमा भारतिय नंम्बरको मोटरसाइलमा आएका ४ जनाको समुहले गोली प्रहार गरी फरार भएका थिए । आलमलाई दुई गोली प्रहार गरिएको स्थानियले बताएका छन् । उनको घाटी र छातीमा गोली लागेको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गोली प्रहार गरि भाग्ने क्रममा भारतिय सुटरले प्रहरीमाथि पनि गोली चलाएको थियो । घटना हुन साथ भुटाहा चौकीबाट परिचालित प्रहरी टोलीले सिमाको ३ किलोमिटर वर छेक्ने क्रममा प्रहरीमाथि गोली प्रहार गरेका थिए । सो क्रममा प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका छन् । पौडेललाई तिन वटा गोली लागेको बताइएको छ । गोली प्रहार गर्ने समुह भारत तर्फ नै भागेको प्रत्यक्षदर्शीले बताए ।

आलम तत्कालिन नेकपा एमालेका सुनसरी जिल्ला सल्लाहकार पनि हुन । उनि मौलना भएका कारण पनि उनि भारत नेपाल आवतजावत गरिरन्थे । उनि माथि के कारणले गोली प्रहार भयो भन्ने बिषय शंकाष्पद रहेको बताइएको छ ।

गोली प्रहार गरिएको स्थानदेखि भारतिय सिमा करिब ७ किलोमिटर मात्रको दुरीमा छ । यता हरिनगरका स्थानियहरु गोली प्रहार भएको घटना तत्काल जानकारी गराउदा पनि शसस्त्र प्रहरी नआएको प्रति आक्रोशित बनेका छन् । शसस्त्र प्रहरी कै अगाडी सुटर समुह भाग्दा समेत प्रहरीले केही नगरेको नेकपाका जिल्ला सदस्य लस्करी अन्सारीले पूर्वेली न्यूजलाई जानकारी दिए ।

भुटाहामा शसस्त्र प्रहरी बलको डिएसपी कमाण्डमा क्याप समेत रहेको छ । यता प्रहरी पनि घटनास्थलमा ढिलो आइपुगेको भन्दै स्थानियहरु प्रहरी बिरुद्ध आक्रोशित बनेका हुन । अहिले स्थानियले आलमको शव प्रहरीसँग खोसेर सडकमा राखेर प्रशासन बिरुद्ध नाराबाजी गरिरहेका छन् । हरिनगरका बिभिन्न ठाँउमा टायर बालेर स्थानियहरु आन्दोलित भएका छन् ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!