Sunday, December 5, 2021
Home > समाज > अन्ततः हत्यारा भनिएकि २ दिदी बहिनीले गरे प्रहरी समक्ष अात्मसमर्पण

अन्ततः हत्यारा भनिएकि २ दिदी बहिनीले गरे प्रहरी समक्ष अात्मसमर्पण

देशभर महिलामाथि बलात्कार र हत्याको कहालीलाग्दो घटना घटिरहेको बेला रामेछापमा भने २ किशोरीहरुले एउटा बृद्धको हत्या गरेका छन् । रामेछापमा १३ र १८ वर्षीया दुई किशोरीले एकजना बृद्धको हत्या गरेका छन् । जिल्लाको रामेछाप नगरपालिका-७ मुडाजोरका ६१ वर्षीय ढालबहादुर श्रेष्ठको हत्या गरी ती दिदीबहिनीहरुले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

ढालबहादुरको हत्या गरेको भन्दै सोही ठाउँकी १३ वर्षीया दालकुमारी श्रेष्ठ र उनकी दिदी १८ वर्षीया सुष्मता श्रेष्ठले प्रहरी समक्ष आत्मासमर्पण गरेका हुन् । ढालबहादुरलाई उनकै घर अगाडि बाटोमा बिहान ७ बजेतिर रडले हानेर हत्या गरेको दालकुमारी र सुष्मताले बताएको रामेछाप प्रहरीले जानकारी दिएको छ

उनीहरुले बृद्धको बानिब्यहोरा ठीक नभएकोले हत्या गरेको बयान दिएको रामेछापका प्रहरी नायब उपरीक्षक अमरेन्द्रबहादुर सिंहले बताए । आफूहरुले गरेको हत्या घटनाको रहस्य खुल्ने निश्चित भएपछि उनीहरुले आत्मसमर्पण गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

उनीहरुलाई हिरासतमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

अन्य समाचार पद्नुहोस
११ वर्षीय बालक बाबुको शवमा गाला मुसार्दै मन थामेर पढ्नुहोस्
नयाँदिल्ली, भारतमा एक बालक आफ्ना बाबुको शवनजिकै रहेको तस्बिरले सामाजिक सञ्जाल प्रयोगकर्तालाई तताएको छ । सोही तस्बिरका कारण एकै दिनमा पीडितको परिवारलाई ३० लाखभन्दा बढी रकम जुटेको छ । सो तस्बिरलाई ट्विटरमा सात हजारपटक सेयर गरिएको छ । हिन्दुस्तान टाइम्सका पत्रकार शिव सन्नीले सोमबार सो तस्बिर ट्विट गरेका थिए । ११ वर्षीय बालक बाबुको शवनजिकै शोकाकुल बनेको तस्बिरले आफ्नो मन छोएको उनले बताएका थिए ।

२७ वर्षीय अनिल राजधानी नयाँदिल्लीमा ढलको काम गर्थे । ढलको काम गर्ने क्रममा डोरी चुडिँदा यसै साता उनको मृत्यु भएको थियो । ती बालक शवगृहमा राखिएको बाबुको शवनजिक पुगेका थिए । त्यसपछि उनले बाबुलाई ढाकिएको पछ्यौरा निकालेर दुवै हातले बाबुका गाला समाएर बाबा भन्दै सुँक्कसुँक्क गरेका थिए । ‘म अपराधसम्बन्धी रिपोर्टर हुँ र मैले अहिलेसम्म यस्तो वियोगान्त दृश्य देखेको थिइनँ । बालकले बाबुको शव छोएको दृश्य निकै हृदयविदारक थियो,’ सन्नीले भने । अनिलको दाहसंस्कार हुनुभन्दा केही मिनेटअघि मात्र सो तस्बिर खिचिएको उनले बताए । बालकका बाबु केबल अनिल नामले परिचत थिए ।

‘मैले ढलमा काम गर्ने मजदुरहरूको मृत्युप्रति ध्यानाकर्षण गर्न खोजेको हुँ,’ सन्नीले भने । तस्बिरले सम्पूर्ण परिवारको एउटा पीडाको कथा बोलेको छ । ती फोटो पत्रकारका अनुसार अनिलको दाहसंस्कार गर्नसमेत परिवारसँग पैसा थिएन । छिमेकीले केही पैसा जुटाएपछि उनको अन्तिम संस्कार सम्पन्न भएको थियो । छिमेकीका अनुसार अनिलका चार महिनाका छोराको निमोनियाको कारण मृत्यु भएको थियो । अनिलले उपचार गर्न नसकेपछि ती शिशुको मृत्यु भएको थियो । अनिलका सात र तीन वर्षका दुई छोरी छन् ।

सन्नीको ट्विटले विभिन्न गैरसरकारी संस्थालाई समेत पैसा संकलन गर्न उत्प्रेरित गरेको थियो । तस्बिर छापिएपछि धेरै मानिसले अप्रत्याशित ढंगले चासो देखाएको उनले बताए । बलिउडका नायकहरूले पनि अनिलको परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भनेर आफूसँग सोधेको सन्नीले बताए ।

अनिलकै परिवारका लागि भनेर निकै गरिब व्यक्तिले समेत १०–१० रुपैयाँ संकलन गरेका छन् । अनिलको परिवारबारे सामाजिक सञ्जालमा धेरै मानिसले चासो र चिन्ता देखाएका छन् । यसैबीच सन्नीले मृतक अनिलका शोकाकुल छोरालाई भेटेका छन् । आफूले कहिलेकाहीँ बाबुलाई काम गर्दा सहयोग गरेको अनिलका छोराले बताएका छन् । सडकमा ढलभित्र पस्दा उनले बाबुको लुगा र जुत्ता कुरिदिन्थे ता कि चोरले लैजान नपाओस् । ‘मेरो अहिले नै ढलभित्र काम गर्ने उमेर नपुगेको बुबाले भन्ने गर्नुहुन्थ्यो,’ ती बालकको भनाइ उद्धृत गर्दै सन्नीले भने । नयाँ पत्रिकाबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!