Friday, April 16, 2021
Home > समाचार > राति १० बजे घरको बाटो बिर्सिए भन्दै श्रीमतिलाई फोन गरेका घिमिरे बिहान मृ’त फेला परेपछि…!

राति १० बजे घरको बाटो बिर्सिए भन्दै श्रीमतिलाई फोन गरेका घिमिरे बिहान मृ’त फेला परेपछि…!

विराटनगर । विराटनगर–२ का ५० बर्षीय प्रवल घिमिरे शं’कास्पद अवस्थामा मृ त भेटिएका छन । पेशाले लेखापरीक्षक तथा नेपाल अडिटर्स एशोसिएशन मोरङका कोषाध्यक्ष समेत रहनुभएका घिमिरेको श व मंगलबार विहान विराटनगरस्थित सिंघीया खोलामा भेटिएको हाे । सोमबार राति साढे १० बजेपछि सम्पर्क विहीन हुनुभएका घिमिरेको श व विराटनगर २ को सिंघीया खोलाको पानीमा तैरिरहेको अवस्थामा भेटिएको आफ्न्तजनले बताएका छन । यो समाचार नेपाल समाचार पत्रमा छ ।

सोमबार दिनभरि कामको सिलसिलामा कर कार्यालयमा समय ब्यतित गर्नुभएका घिमिरे साँझ ६ बजेपछि पार्टी खान भन्दै साथीहरुसँग निस्किनुभएको जनाइएको छ । विराटनगरकै एक होटलमा साथीहरुसँग पार्टी खानुभएका घिमिरे त्यसपछि साथीकै कारमा रातको साढे १० बजे गोल्छाचोकसम्म आएको र त्यहाँ उत्रिएको जनाइएको छ । त्यसको केहि समयपछि नै आफुले घरको बाटो बिर्सिएको भन्दै श्रीमती मुना घिमिरेलाई मोबाईलबाट कुरा गरेको आफ्न्तले बताएका छन ।

घरमा खबर पुगेपछि श्रीमती घिमिरे छोरासहित उहाँलाई खोज्न तिनपैनी चोक पुगेको तर नभेटिएपछि फोनगर्दा मोबाईल अफ भेटिएको बताइएको छ । घिमिरे नभेटिएको र मोबाईल पनि अफ भेटिएपछि प्रहरी प्रशासन र छरछिमेकको सहयोग लिएर अबेर रातसम्म खोजतलास गर्दासम्म नभेटिएको तर बिहान हनुमान मन्दिर छेउको पुल नजिकको २० मिटर दक्षिणपुर्व खोलामा श व तैरिरहेको अवस्थामा भेटिएको जनाइएको छ ।

सो बिषयमा जानकारी दिनुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले घटनाको बिषयमा पीडित पक्षबाट छानबीनका निम्ति निवेदन परेको बताउनुभयो । विराटनगरकै एक होटलमा साथीहरुसँग पार्टी खानुभएका घिमिरे त्यसपछि साथीकै कारमा रातको साढे १० बजे गोल्छाचोकसम्म आएको र त्यहाँ उत्रिएको जनाइएको छ । यसै क्रममा निजकाे ह त्या वा मृ त्यु जे पनि हुन सक्ने आशंका देखिएकाे छ । उहाँले तत्कालका लागि मृ तकको श व पोष्टमार्टम गरि आफ्न्तजनलाई जिम्मा लगाइसकिएको र अनुसन्धान जारी रहेको बताउनुभयो ।

Leave a Reply