Friday, April 16, 2021
Home > भिडियो > आस्था राउतकाे पक्षमा बोलिन गायिका ज्याेति मगर, प्रहरीलाई नै यस्ताे भनिन् (भिडियो सहित)

आस्था राउतकाे पक्षमा बोलिन गायिका ज्याेति मगर, प्रहरीलाई नै यस्ताे भनिन् (भिडियो सहित)

नेपालकै चर्चित लोक दोहोरी गायिका ज्योति मगरले आस्था राउतको बचाउ गरेकी छिन। प्रहरीले आस्था राउतलाइ अपराधि झैँ गरेको भन्दै प्रहरी सुध्रन पर्ने उनको भनाई छ। सबै प्रहरी राम्रो नभएको र सबै प्रहरी नराम्रो पनि नभएको भन्दै केहि प्रहरीको बर्दी लगाएर असभ्य बोल्नेहरुलाई भने एक पटक पाठ सिकाउन पर्ने उनको भनाई छ। मगरले प्रहरीले विमानस्थल घटनामा आस्था राउतलाई यसरी जबरजस्ती दोषी करार गर्न नहुने समेत बताएकि छिन् ।

बुधवार दिउँसो कार्यक्रमको लागि झापाको भद्रपुर जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचका क्रममा एक महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले भिडियोमार्फत आक्रोश पोखेकी थिइन्। आफूमाथि दुर्व्यवहार भएको दावी गर्दा उनले प्रहरीलाई लिएर अपशब्द प्रयोग गरेकी थिइन्। त्यसपछि राउतको व्यवहारलाई नै लिएर विरोध भयो। सामाजिक सञ्जालमा उनको समर्थन र विरोध गर्ने जमात खडा भयो।

उनले प्रहरीलाई तल्लोस्तरमा उत्रिएर गालीसमेत गरेकी थिइन्। उक्त लाइभ भिडियोमा उनले प्रहरीलाई ‘डन्ठिनी’ देखि ‘प्युसा प्युसिनी’ समेत भन्न भ्याएकी छिन्। प्रहरीलाई गाली गलौज गर्दा उनी आफै विवादमा फसेकी हुन्। त्यसो त विमानस्थलमा महिला सुरक्षाकर्मीले आफूलाई ‘तँ’ भनि सम्बोधन गरेको राउतले दाबी गरेकी थिइन्।

‘रुट्स नै बिग्रको छ। आस्थाले भनेकी थिइन् ‘नालीका किराहरुलाई कहिले सुधार्ने ? त्यो पुलिस डन्ठिनीहरु। त्यो सिपाही प्युसा प्युसीहरु। तिमीहरुको बोल्ने ढंग छैन् भने नबोल के।’ शुक्रवार प्रहरीले उक्त घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरिसकेको छ। भिडियो सार्वजनिक भएसँगै यो प्रकरण थप चर्चामा आएको छ।

भिडियो सार्वजनिक भएसँगै आस्थाले विमानस्थलमा देखाएको व्यवहार नराम्रो भएको प्रतिक्रिया ओइरियो। प्रहरीले आइतवार गायिका आस्था राउतविरुद्ध प्रशासन कार्यलय काठमाडौंमा उजुरी दर्ता गर्‍यो र उनी विरुद्ध पक्राउ पुर्जी जारी भयो। आस्था प्रकरणलाई लिएर कलाकारहरु पनि विभाजित भएका छन्। कोही आस्थाको समर्थनमा छन् भने कोही उनको विपक्षमा छन्।

आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने अधिकार पाए संगै अहिले आस्था राउतको खोजि भैरहेको छ।उनि सिकिममा रहेकै अवस्थामा आस्थाको समर्थन गरेकी हुन् ज्योतिले। सबै कलाकारले आस्थाको बिपक्षमा बोल्दै गर्दा ज्योतिले भने आस्थाको समर्थन लिएकी हुन्।आस्था एक मिजासिली गायिका भएकै हुदा हेपिएकी ज्योतिको भनाई छ।

भिडियोमै हेर्नुहाेसः

Leave a Reply