Sunday, July 11, 2021
Home > समाचार > बिहानै झापाबाट अायो यस्तो खबर, विर्तामोडकाे मुक्तिचोकमा देखियो यस्तो दृश्य

बिहानै झापाबाट अायो यस्तो खबर, विर्तामोडकाे मुक्तिचोकमा देखियो यस्तो दृश्य

सवारीसाधन चलाइरहेका चालकलाई चालक तथा मजदुरहरुले जुत्ताको माला लगाइदिएका छन् । सरकारले जारी गरेको मुलुकी संहितामा सवारी चालक विरुद्ध ऐन रहेको भन्दै ३ दिनदेखि देशका विभिन्न सहरमा त्यसको विरोध भइरहेको छ । झापाको बिर्तामोडमा भने प्रदर्शनकारी चालक–मजदुर र सवारी चलाउनेहरुबीच झडप भइको छ । बन्द आह्वान गर्दै सडकमा उत्रिएका सवारी चालक तथा मजदुरहरुले सवारी चालकहरुलाई जुत्ताको माला लगाइदिएपछि झडप भएको हो ।

बिहीबार बिहान पुर्वपश्चिम राजमार्गस्थित बिर्तामोडको मुक्तिचोक क्षेत्रमा प्रदर्शनकारी यातायात मजदुरले सवारी रोक्दै जुत्ताको माला लगाउन खोजेपछि प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । चालक तथा मजदुरहरुले सवारी साधन नै ठप्प पार्दा यात्रु अलपत्र परेका छन् । आन्दोलनमा उत्रिएका सवारी चालकहरुले भने कसैले बन्द आह्वान नगरेको तर आफूहरु स्वतः आन्दोलनमा आएको बताउँदैआएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!