Saturday, April 17, 2021
Home > अन्तराष्ट्रिय > उडिरहेको विमानको पाङ्ग्रा अचानक बाहिर निस्किएपछि… (भिडियो सहित)

उडिरहेको विमानको पाङ्ग्रा अचानक बाहिर निस्किएपछि… (भिडियो सहित)

एजेन्सी । हावामा उडिरहेको विमानको अचानक एउटा पाङ्ग्रो बाहिर निस्किँदा यात्रा गरिरहेका विमानका यात्रुको अवस्था कस्तो होला ? एउटा यस्तै घटना एयर क्यानडा एक्सप्रेस को फ्लाईट ८८४ मा यात्रा गरिरहेका यात्रुहरुमा पनि भएको छ । तर पाइलटको बहादुरीका कारण सबै यात्रु सकुशल रहेका छन् । उक्त विमानको ल्यान्डिङ्ग गियरको एक ह्विल उडिरहेको बेला झर्याे । यो घटना एक यात्रुले आफ्नो क्यामेरामा कै’द गरे । उनले तत्कालै पाइलटलाई यसको जानकारी गराए ।

४९ यात्रु सवार रहेको उक्त विमान पाइलटले तत्कालै सुरक्षित ल्यान्डिङ गराए । विमानका पाइलट एकदमै अनुभवि थिए । त्यसैले पनि उनले विमानको स्थिति नियन्त्रण गर्न सक्षम भए । र विमानलाई दुर्घटनाबाट जोगाए । उक्त समय पाइलटले फलाइटको अपडेट गराउँदै संकट स्थितिको जानकारी गराएका थिए । ल्यान्डिङ गराउँदा विमान दुर्घटनामा नपारोस भनेर एयरपोटर्छमा दमकल तैनाथ गरिएको थियो ।

तर पाइलटले आफ्नो समझदारी देखाउँदै एउटै पाङ्ग्राको साथमा विमान ल्यान्डिङ गरिदिए ।एविएशन विभाग अहिले उक्त विमानमा आएको त्रुटिबारे अनुसन्धान गरिरहेको छ ।

भिडियोः


ट्विटरबाट ।

हरेक नेपालीको टाउकोमा ३६ हजार ८ सय रुपैयाँ ऋण

काठमाण्डौ : नेपाल सरकारको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनासम्म नेपालको ऋण १० खर्ब ९८ अर्ब पुगेको छ । जसमध्ये ६ खर्ब ४६ अर्ब ९५ करोड रुपैयाँ वैदेशीक ऋण रहेको छ । यस्तै ४ खर्ब ५१ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ ।

सरकारको ऋणलाई आजसम्मको जनसंख्या २ करोड ९८ लाख ३० हजार ५ सय ४७ ले भाग गर्दा हरेक नेपालीको टाउकोमा ३६ हजार ८ सय ८ रुपैयाँ ऋण रहेको छ । यो आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले १ अर्ब ९४ करोड आन्तरिक र ७ अर्ब ३० करोड बाह्य ऋण तिरेको छ । यस्तै आन्तरिक ऋणको ८ अर्ब ८९ करोड रुपैयाँ र बाह्य ऋणको १ अर्ब ५० करोड रुपैयाँ ब्याज पछिल्लो ५ महिनामा सरकारले भुक्तानी गरेको छ ।

Leave a Reply