Wednesday, May 27, 2020
Home > खेलकुद > स्याङ्ग्जाकाे हरिनास ६ गैराखोलामा प्रजातन्त्र दिवसकाे अवसरमा भलिबल प्रतियोगिता हुदै…

स्याङ्ग्जाकाे हरिनास ६ गैराखोलामा प्रजातन्त्र दिवसकाे अवसरमा भलिबल प्रतियोगिता हुदै…

यतिबेला स्याङ्जा जिल्लामै भलिवलले स्थान पाइरहेकाे छ । भलिवल खेलले विशेष स्थान पाएका स्थानहरूमा हरिनास गाउपालिका पनि प्रख्यात छ । गाउँ गाउँका खेलाडीहरूका लागि विगतको वर्ष जस्तै यस वर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि स्याङ्जाको हरिनास गाउपालिका वडा नं ६ क्याक्मी गैराखोलामा साविकको वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेभएको छ। यसका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ ।

प्रजातन्त्र दिवसकाे अवसरमा हुन गइरहेकाे उक्त भलिबल खेलको उदघाटन स्याङ्जा जिल्ला कै कान्छा सरकार प्रमुख तथा हरिनास गाउँपालिका अध्यक्ष श्री खिम नरायण मानन्धर बाट हुने भएको छ भने समापन वडा नं ६ का वडा अध्यक्ष नर बहादुर थापा बाट हुने कुरा भलिबल खेल समयोजक सागर मानन्धरले जानकारी दिनु भयो ।

भलिबल हस्तान्तरण गर्दै अध्यक्ष

यहि फागुन ७ गतेदेखि सुरु हुने उक्त खेल ११ गते सम्म जारी रहने छ।टिम दर्ता ६ गतेसम्म मात्र हुने छ । प्रथम ,द्धितिय,र तृतीय हुने खेलाडी ले क्रमशः ३५०००,२५०००,१५००० साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । जिल्ला भन्दा बाहिरबाट आउने खेलाडी को लागि खाने बस्ने को व्यवस्था रहेको छ ।

प्रतियाेगितामा आउने भलिबल खेलाडीहरूले आफ्नो साथमा नागरिता वा जन्म दर्ताकोको प्रमाणपत्र लिइ आउनुपर्ने छ । साथै
उक्त प्रतियोगितामा भाग लिनका लागि हरेक खेलाडी टिमहरूले इन्टर फि स्वरूप रू. ३५०० (पैतिस सय) जम्मा गर्नु पर्ने कुरा कार्यक्रम संयोजक मानन्धरले जानकारी दिनु भयो ।

Leave a Reply