Friday, April 16, 2021
Home > जीवनशैली > आस्थाको पक्षमा उभिइन सुनिता, भनिन्– नागरिकले बोल्नै नपाउने हो ? के यहि हाे गणतन्त्र?

आस्थाको पक्षमा उभिइन सुनिता, भनिन्– नागरिकले बोल्नै नपाउने हो ? के यहि हाे गणतन्त्र?

काठमाडौं । जनताको बोल्न पाउने अधिकार खोस्न नहुने गायिका सुनिता दुलालले बताएकी छिन् । लोकतान्त्रिक देशमा नागरिकको बोल्न पाउने अधिकार कुन्ठित गर्न नहुनेमा उनको जोड छ । “गल्ति मानिसबाटै हुन्छ । सबै मानिसको एउटै स्वभाव हुँदैन कसैले अ त्या चा र सहन्छ भने कोही त्यस बिरूद्धमा खरो उत्रिन्छ,” उनले गायिका आस्था राउत बिरुद्ध प्रहरीको कदमको बिरोध गर्दै फेसबुकमा लेख्छिन्, “लोकतान्त्रिक गणतन्त्र आएको देशमा जनताले बोल्न पाउने अधिकार छ ।

अगाडि लेख्छिनः अ त्या चा र परेको बेला म पनि बोल्छु । मान्छे मा रे को होइन । रिसको आबेगमा आस्थाको बोलीमा केही शब्द चयन गलत भएकै हो । तर उहाँ आफैंले त्यसलाई फिल गरेर माफी मागिसकेको अवस्थामा बोल्दैमा अ प रा धि क चित्रण गरी गायिका आस्था राउतलाई प क्रा उ पूर्जी तय गर्नु निन्दनीय छ ।”

उनले बोल्न पाउने अधिकार हनन् गर्दै फेरी निरङ्कुशता नै लाद्न खोजेको हो ? प्रश्न गर्दै लेखेकी छिन्, “गल्ति दुबैबाट देखिन्छ दुबैको छानबिन हुन जÞरूरी छ । सानो तिनो कुरालाई गल्ति पहिल्याई पछि लाग्नुभन्दा ठूलठुला अपराधिक काम गर्नेलाई कार्बाहीको दायरामा ल्याउनुस् । छोरी कुटेर बुहारी तह लगाउने काम नगर्नुस् ।”

“आशालाग्दा ठूलठुला नेताहरूले पनि अन्तर्वार्ता दिने क्रममा स्टुडियो भित्रै पत्रकार र जनतामाथि धेरै अपमानजनक शब्द बोल्दा खोई त पक्राउ पूर्जी ? कानुन सबैको लागि बनेको होइन ?” सुनिता अगाडि लेख्छिन्, “अन्याय र अत्याचार बिरुद्ध बोल्ने पाउने अधिकार छ । साधारण आवेशमा भएको गल्तिमा यो सम्मको निर्णय गर्नु आपत्तिजनक छ ।”

विहीबार काठमाडौंबाट भद्रपुर जाने क्रममा त्रिभुवन विमानस्थलमा सुरक्षा जाँचका क्रममा आस्था र प्रहरीबीच भएको विवादमा प्रहरीले आस्थाको गल्ती देखाउँदै प क्रा उ पुर्जी जारी गरेको छ । सीसीटीभी फुटेजमा आस्थाको गल्ती देखिएको भन्दै प्रहरीले प क्रा उ पुर्जी जारी गरेको छ ।

सुरक्षा जाँचका क्रममा आफूलाई प्रहरी जवान रमिता श्रेष्ठबाट अभद्र ब्यबाहार भएको भन्दै आस्थाले फेसबुकमार्फत श्रब्यदृश्य सामग्री (भिडियो) सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोसँगै उनी विवादमा तानिएकी थिइन् ।

सुनिता दुलालकाे फेसबुकबाट ।

Leave a Reply