Tuesday, April 20, 2021
Home > समाज > तीन दिनको शिशुलाई घर ल्याउँदै गर्दा दुर्घटना, सडकमै उजाडियो सपना!

तीन दिनको शिशुलाई घर ल्याउँदै गर्दा दुर्घटना, सडकमै उजाडियो सपना!

बाँके। ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा बाँकेमा एम्बुलेन्स चालक र नवजात शिशुको मृत्यु भएको छ।बाँकेबाट दाङतर्फ गइरहेको १ ज १६१ नम्बरको एम्बुलेन्सलाई ना ८ ज ५४३२ नम्बरको ट्रकले ठक्कर दिएको बाँके प्रहरीले जनाएको छ। घटना शनिबार दिउँसो करिब पौने २ बजे भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं २ को जिरो पोइन्ट नजिकै ट्रकले एम्बुलेन्सलाई ठक्कर दिएको हो।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. २ दहगाउँ निवासी २८ वर्षीय चित्रबहादुर सुनार (चालक) र दाङको दंगिशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निवासी तिलकराम खड्का रमालती खड्काका तीन दिनको छोराको मृत्यु भएको हो।दुर्घटनाबाट तीन दिनकी सुत्केरी र उनका पति गम्भीर घाइते भएका छन्।मालतीको बाँके कोहलपुरस्थित मेडिकल कलेजको उपचारपछि थप उपचारको लागि उनलाई बुटवल रिफर गरिएको प्रहरी जनाएको छ

यी युवतीले कमाउँछिन् घण्टाको १२ लाख !

एक युवतीले एक घण्टामै १२ लाख रुपैयाँ कमाउँछिन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ तर, बास्तविकता यस्तै छ । यो तथ्य नेपालको भने होइन, अस्ट्रेलियामा बस्ने चेल्सी नामकी युवतीको कहानी हो । उनले निरन्तरको कडा परिश्रमका कारण स्मार्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिएकी छन् । उनी कुनै जागिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमाउँछिन् ।

समाचार माध्यमहरुका जनाइएअनुसार, चेल्सी पहिला त कार्यालयमा काम गर्थिन् तर त्यो काम बाट दिक्क बनेपछि उनले अनलाइन भिडियो गेमबाट पैसा कमाउने दिमाग लगाइन् । सोही अनुरुप उनले भिडियो गेम खेल्न थालेर राम्रो कमाउन थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् । चेल्सीले गेम खेल्दा मानिसहरू लाइभ हेर्छन् ।

लाइभ स्ट्रीमिङका बेलामा सब्स्क्रिप्सन, विज्ञापन र स्पोन्सरशिपका कारण उनको कमाइ एक घन्टाको १२ लाख रुपैयाँ पुगेको हो । उनको इन्स्टाग्राममामात्र ४६.६ लाख फलोअर छन् । उनलाई पार्टी गर्ने ठूलो शौख छ र आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । आफ्नो उमेरको हिसाबले उनी रमाइलो काम गरिरहेकी छन् । उनले फार्मेसीमा डिग्री लिएकी छन् ।

Leave a Reply