Saturday, April 17, 2021
Home > जीवनशैली > हिन्दूधर्ममा मंगलबार किन विशेष छ ? धन कमाउन यसो गर्नुहाेस्, ॐ गणेशाय नमः लेखेर शेयर गर्नुहाेस्

हिन्दूधर्ममा मंगलबार किन विशेष छ ? धन कमाउन यसो गर्नुहाेस्, ॐ गणेशाय नमः लेखेर शेयर गर्नुहाेस्

हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन । सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु गर्नु राम्रो मानिन्छ ।

यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ । मंगलबारको व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ भने रातो कपडा धारण गर्नु पर्छ । मंगलबारको व्रतबाट मंगल ग्रहको अनिष्ट फल पनि शान्त हुन्छ । गणेश भगवानको आराधना गर्दा ‘ऊँ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि फल दान गर्नु पर्दछ ।

यसका साथै मंगलबारको दिन हनुमान जीको उपासनाका लागि उत्तम मानिन्छ । हनुमान वास्तवमा मंगलको पनि अरिष्टदेवता हुन् । हनुमानलाई ‘सर्वग्रहविनाशिने’ र ‘रक्षोविद्यवंशकारकाये’ भनि पुकारिन्छ । सबै ग्रहभन्दा बलवान हनुमान रहेको धार्मिक तथा पौराणिक कथाहरुमा उल्लेख छ ।

एक निश्चिल हृदय (छलकपटरहित) का देवताका रुपमा हनुमानलाई लिइन्छ । जीवनभर अविवाहित रही ब्रह्मचार्य प्राप्त योगी अथवा साधुको रुपमा पनि हनुमानलाई चिनिन्छ । मंगलबारको व्रत कथामा एक ब्राह्मणीले हनुमानको उपासना गरेकै कारण ‘मंगल’ नामक पुत्र प्राप्त गरेको धार्मिक कथामा उल्लेख छ ।

यो पनि पढ्नुहाेसः मंगलबार तपाईंका लागि वैभवपूर्ण दिन हुनसक्छ

धन तथा बैभवको हिसावमा मंगलबार शुभ मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्दा धन सम्पन्न हुन्छ भन्ने मान्यता छ । त्यसो भए धन प्राप्तीका लागि मंगलबार के गर्ने त ? धर्मशास्त्र अनुसार, तपाईंले मंगलबारको दिन हनुमानको पुजा आराधना गर्नुभयो भने तपाईंलाई आर्थिक लाभ मिल्छ । सकेसम्म मंगलबारको दिन कुनैपनि हनुमानको मन्दिरमा गएर हनुमान चालीसाको पाठ गर्दा आर्थिक सम्पन्नता बढेर जाने धार्मिक विश्वास छ ।

जीवन भोगाइका समस्या कम गर्न पनि मंगलबार हनुमान मन्दिरमा गएर रामरक्षा स्त्रोत पाठ गर्दा राम्रो हुने विश्वास गरिन्छ । मंगलबारको दिन एउटा धागोको बीचमा कागती राखेर एकातर्फ ४ वटा खुर्सानी र अर्को तर्फ ३ ओटा खुर्सानी राखेर व्यवसायिक स्थलमा राख्दा व्यवसाय फस्टाउने र व्यवसाय नाफामा जाने विश्वास गरिन्छ ।

भूतप्रेतबाट मुक्तिको लागि पनि आजको दिन शुभ मानिन्छ । एउटा रातो सफा कपडामा थोरै सिन्दुर राखेर तामाको पैसा साथै कालो तिल राखेर डल्लो बनाएर प्रेत आत्माले ग्रसित व्यक्तिको शिरमा सात पटक घुमाएर कुनै सुनसान ठाउँमा राख्दा प्रेतआत्मा हट्ने धार्मिक विश्वास छ।

Leave a Reply