Saturday, July 10, 2021
Home > अपराध > कञ्चनपुरमा फेरि ६ बर्षिया बालिका नै बलात्कृत, बलात्कार गर्नेको उमेर सुनेपछि छक्क पर्नुहुनेछ… हेर्नुस

कञ्चनपुरमा फेरि ६ बर्षिया बालिका नै बलात्कृत, बलात्कार गर्नेको उमेर सुनेपछि छक्क पर्नुहुनेछ… हेर्नुस

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १० वर्षीय बालकलाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका बण्डकी ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार त्यही ठाँउका १० वर्षीय बालक पक्राउ परेका हुन् ।

बालकले आफूलाई बलात्कार गरेको बालिकाले बताएको पीडितकी आमाले बताउनुभयो । आमाका अनुसार बालिका विद्यालयबाट घरमा पुग्नासाथ घरको पछाडि गएकी थिइन् । धेरै बेरसम्म छोरी घरभित्र नआएपछि हेर्न जाँदा बालिकाले हातले च्यापेर दुख्यो भन्दै रोएको आमाको भनाई छ ।

‘स्कुलबाट आएपछि घरको पछाडि गएकी छोरी धेरै बेरसम्म भित्र आइन’, पीडतकी आमाले भन्नुभयो ‘पछि हेर्न जाँदा हातले थिचेर रुँदै थिई । त्यति बेलासम्म खुन पनि आएको थिएन् ।’

बालिका कक्षा २ मा अध्ययनरत छिन् । उनको विद्यालयमा बलात्कार भयो वा बिदा भएपछि घर आउने बेलामा बलात्कार भयो भन्ने खुल्न सकेको छैन् ।

छोरीले गुप्तांग दुख्यो भनेपछि आफूले गर्मीका कारण पिसाब पोलेरे दुख्यो होला सोचेको पीडिक बालिकाकी आमाले बताउनुभयो ।

‘मैले त गर्मीले गर्दा पिसाब पोलेर दुख्यो होला भनेर हेरेँ’, आमाले भन्नुभयो, ‘हेर्दा सुरुमा अलिअलि खुन देखियो । एकछिनमा उठ्दा त भूइँमा खुनको ताल परिसकेको थियो ।’

छोरीको त्यस्तो अवस्था देखेपछि घर नजिक रहेका शिक्षकलाई घरमा गएर उहाँले सोध्नुभयो । शिक्षकले आफूलाई थाहा नभएको बताउँदै अर्को दिन छोरीलाई विद्यालय लिएर आउनु भनेको उहाँले बताउनुभयो ।

‘कसले हो भन्दा छोरीले एउटा केटाको नाम लिएर उसको दाइले हो भनी’, बालिकाकी आमाले भन्नुभयो, ‘शिक्षकले भोलि आउनु भनेपछि छिमकेकै अर्को एकजनालाई सुनाए । उनले प्रहरीमा फोन गरे ।’

प्रहरीले बालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ । उनी त्यसै विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् ।

यस्तै, बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

कञ्चनपुरमा मात्रै गएको साउनदेखि हालसम्म १७ जना बालबालिका बलात्कारको शिकार भएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!