Tuesday, April 20, 2021
Home > समाचार > अन्ततः उपसभामुख पदबाट तुम्बाहाङ्फेले यसकारण दिइन् राजीनामा

अन्ततः उपसभामुख पदबाट तुम्बाहाङ्फेले यसकारण दिइन् राजीनामा

माघ ०६, काठमाण्डौ । यतिबेला शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी छन् । सोमबार बसेको संसद बैठकला२ संबोधन गर्दै तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको टुंगो लगाएको केही बेरमै राजिनामा दिने बताउँदै आएकी शिवमायाले सोमवार राजिनामा दिएकी हुन् । नेकपाले अग्नी सापकोटालाई सभामुख बनाउने सिफारिस गरे लगत्तै उनको राजिनामा आएको हो ।

सभामुख र उपसभामुख एउटै राजनीतिक पार्टीवाट बनाउन नमिल्ने संवैधानिक ब्यवस्था भएकाले उपसभामुखले राजिनामा दिनुपरेको हो । शिवमायालाई पनि नेकपाले नै उपसभामुखका लागि सिफारिस गरेको थियो । नेकपा भित्रको लामो समय देखिको छलफल पछि अन्तत अग्नीसिखालाई सभामुख बनाउने निर्णयमा पुगेको हो ।

राजीनामा घोषणासँगै तुम्बाहाङफेले समृद्ध समाज निर्माण गर्ने अभिायनमा आफू भिन्न रुपमा अविचलित भएर क्रियाशील भइरहने बताइन् । दुई वर्ष गरिमामय अङ्गको नेतृत्व गर्न पाउनु महत्वपूर्ण अवसर भएको भन्दै उनले प्रतिनिधिसभा सदस्य र संसद सचिवालयलाई धन्यवाद व्यक्त गरिन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आइतबार सभामुखको उम्मेदवारको टुङ्गो लगाएपछि तुम्बाहाङफेले सोमबार राजीनामा दिएकी हुन् ।

यसअघि तुम्बाहाङफेले आफू नै सभामुख हुनुपर्ने भन्दै अडान लिएकी थिइन् । यस अघि नै नेकपाका दुई अध्यक्षले शिवमायालाई राजिनामा दिन सुझाव दिएका थिए । तर उनले संसदलाई नेतृत्वविहिन बनाउन नहुने भन्दै आफुले सभामुखको टुंगो लागेपछि मात्र राजिनामा दिने जवाफ अध्यक्षहरुलाई दिएकी थिइन् ।

संसद बैठक बस्दै, सभामुख निर्वाचनको कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । पटक–पटक सूचना टास गरेर स्थगित हुँदै आएको संसद बैठक सोमबार (आज)का लागि बोलाइएको हो ।संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालयले आजदेखि नै सभामुख चयनको प्रक्रिया शुरु गर्नेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै सभामुख चयनको प्रक्रिया शुरु हुने भएको हो ।

प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने पक्कापक्की छ ।यसअघि सत्तारुढ दल नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टासेर स्थगित भएको थियो ।

प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा सञ्चालन गरेकी थिइन । दोस्रो बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने भएका छन् ।

बैठकको पहिलो कार्यसूचीमा सभामुख निर्वाचन हुनेछ । सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख रिक्त भएसँगै संसदले पारित गरेका विधेयक प्रमाणीकरणका लागि सिफारि नभई संसदमै अलपत्र छन् ।

प्रतिनिधिसभा बैठक सञ्चालन नियममावलीअनुसार उपसभामुखले सोमबार बैठक शुरु हुनुपूर्व नै राजीनामा दिएको अवस्थामा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।उपसभामुख तुम्बाहाङ्फेले आज संसद बैठक शुरु हुनभन्दा केही समय अघि राजीनामा दिने बताएकी छिन् । उनले राजीनामा दिएपछि बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ठाकुरले गर्ने छन् ।

Leave a Reply