Wednesday, November 30, 2022
Home > प्रवास > बलात्कारपछि हत्या गरिएकि १३ बर्षिया निर्मला… हत्यारा पत्ता लगाउन अमेरिकामा यसो गर्दै नेपालीहरू

बलात्कारपछि हत्या गरिएकि १३ बर्षिया निर्मला… हत्यारा पत्ता लगाउन अमेरिकामा यसो गर्दै नेपालीहरू

अर्विङ (टेक्सस) ३ असोज । बलात्कार पछि हत्या गरिएकि कन्चनपुरकी १३ बर्षिया निर्मला पन्तको परिवारलाई न्याय दिनका लागि माग गर्दै टेक्सस डलासका नेपालीले अर्विङमा दिप प्रज्ज्वलन गरेका छन् । नेपाली समाज टेक्सस र सुदरपश्चिम नेपाली समाजको संयुक्त आयोजनामा श्रदाञ्जली सभा तथा दिप प्रज्ज्वल गरिएको हो । पन्तको हत्यामा संलग्नलाई खोजी गरी कानुनी दायरामा ल्याउन माग गर्दै कार्यक्रममा श्रदाञ्जली मन्तव्य व्यक्त गर्दै बक्ताहरुले नेपालमा भैरहेको आन्दोलनमा ऐक्यवद्धता जनाए ।

उक्त कार्यक्रममा सुदुर पश्चिम नेपाली समाजका महासचिव भोजवहादुर वलायरले संचालन गरेको श्रदाञ्जली कार्यक्रममा गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाह, नेपाली समाज टेक्ससका महासचिव भक्त भण्डारी, सुदुर पश्चिम नेपाली समाजका अध्यक्ष प्रेम शाहीले पिडितलाई न्यायदिन सरकार चुकेको भन्दैं सरकार गम्भिर बन्नुपर्नेमा सरकार सँग जोडदार माग गरेका छन ।

सरकारले ६० दिन पुगी सक्दा पनि अपराधी पत्ता लगाउन नसक्नु र हत्यारा पहिचान गर्न नसक्नु दु:खद भएको र सो घटनाले सम्पूर्ण टेक्सासवासी नेपाली चिन्तित रहेको नेपाली समाज टेक्ससका महासचिव भक्त भण्डारीले मन्तब्यका क्रममा बताए । अपराधीलाई छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याउन नसके त्यसको लागि अन्तर्राष्ट्रिय दवाब दिन सदैव तत्पर रहने पनि बताए ।

Leave a Reply