Sunday, September 20, 2020
Home > बिजनेस > पद नायव सुब्बाः २९ वर्षे जागिर अवधिमा १९ करोड कमाई, कहाँबाट आयो यत्रो रकम ?

पद नायव सुब्बाः २९ वर्षे जागिर अवधिमा १९ करोड कमाई, कहाँबाट आयो यत्रो रकम ?

सरकारी जागिर खाएर भन्ने नै हो भने महिना दिन पनि चलाउन गाह्रो छ । अझ विशेष गरि त सामान्य पदमा भएकोलाई धेरै नै गाह्रो छ । तर, एक यस्तो व्यक्ती छन् जो नायब सुब्बा पदमा रहेर पनि कुल १९ करोड ३६ लाख रुपैयाँ कमाएको भेटिएको छ । यती मात्र नभई राजधानीको सुन्धारा र कलंकीमा घरजग्गा पनि रहेको छ । उनकै सर्लाहीसहित तराईका जिल्लाहरूमा घरजग्गा र सम्पत्ति साथै आफ्नो कार्यालयका सहयोगीका सासूका नाममा समेत जग्गा खरिद ।

२९ वर्षअघि खरिदारका रूपमा सरकारी जागिर सुरु गरेका मदनकुमार गुप्ताको सम्पत्ति विवरण हो यो । जागिर अवधिमा उनले २७ लाख ९२ हजार रुपैयाँ तलब बुझेका थिए । सर्वोच्च अदालतले ठहर गरेको मापदण्ड हेर्ने हो भने त्यो तलबबाट १९ लाख ५५ हजार रुपैयाँबाहेक एक पैसा पनि बच्दैन । १९ लाख रुपैयाँ कमाएको व्यक्तिसँग १९ औं करोड रुपैयाँ कसरी आयो ?

‘एउटा कार्यालयमा हुँदा हामीले परीक्षण गरेको आठ महिनाको अवधिमा उनले ४ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको देखिन्छ,’ अख्तियार स्रोतले गत जेठ ३ गते दायर गरेको भ्रष्टाचार मुद्दाबारे भने, ‘नक्कली रसिदप्याड छाप्ने, जग्गापास गर्नेहरूसँग नगद लिने र सरकारी खातामा नबुझाउने गरेको भेटियो । केही फाइल हेर्दै करोडौंको अनियमितता गरेको देखिन्छ, अरूमा के हाल होला ?’ ०७५ साउनदेखि फागुन १२ गतेसम्म मात्रै अख्तियारले गुप्ताको नेतृत्वमा साढे ४ करोड अनियमितता भएको भेट्टाएको थियो ।

प्रेमसम्बन्ध टुटेको लामोसमयपछि रणवीरबारे क्याटरीनाले गरिन् यस्तो खुलासा

एजेन्सी – बलिउडकी निकै चर्चित अभिनेत्री हुन् क्याटरीना कैफ । धेरैजसो नयाँ फिल्म र फोटोसुटका कारण चर्चामा आउने क्याटरीना बलिउडकी एक अभिनेत्री हुन् । उनले हालै एक अन्तवार्तामा रणवीर कपूर बारे केही कुरा खुलाएकी छिन् । उनले एक अन्तवतार्तामा रणवीरबारे एक कुरा खुलासा गरेकी हुन् । उनलाई अन्तवार्तामा सोधियो के उनी ती व्यक्तिलाई ख्याल गर्छिन्, जसले फेक खाता प्रयोग गर्ने गर्छन् रु । उनले भनिन नाई ।

भनिन् मैले त फेक खाताको एकाउन्ट प्रयोग गर्दिन तर मलाई थाहा छ कि, रणवीरले फेक खाता प्रयोग गर्ने गर्छन्, ताकि उनी सबैको बारेमा जान्न सकून् ।’ उनले अन्तवार्तामा रण्वीरले आफुलाई इन्स्टाग्राम सिकाएको पनि बताइन् ।

बिश्व चर्चित गायक जस्टिन बीबर गम्भीर रोगबाट पीडित, आफैले गरे खुलासा

काठमाडौं – विश्वव्यापी रूपमा फ्यान फलोईङ भएका गायक जस्टिन बीबरलाई नचिन्ने कमै होलान् । गायक जस्टिन अहिले गम्भीर रोगसँग लडिरहेका छन् आफु रोगसँग लडिरहेको बारे गायक जस्टिनले खुलासा गरेका हुन् । हालै एक अन्तावार्तामा उनले आफ्नो रोगबारे बताएका हुन् ।

उनले अन्तवार्तामा आफुलाई ‘लाइम डिजीज’ नामको एक दुर्लभ रोग लागेको बताए । सामाजिक सञ्जाल इन्स्ट्राग्रममा आफुलाई लागेको रोगबारे बताउदै उनले लेखेका छन् धेरै व्यक्तिहरु भन्दै थिए कि जस्टिन बिबर एकदम फोहोर देखिएको छ, तर म बिरामी छु भन्ने कुरा देख्न सकेनन्। हालसालै मेरो शरीरमा ‘लाइम डिजीज’ देखा परेको छ।

यति मात्र नभई ‘क्रोनिक मोनो ‘को पनि सीरियस केस थियो। जसको कारण मेरो छाला, दिमाग, शरीरको उर्जा र समग्र स्वास्थ्य यस रोगबाट प्रभावित भएको छ।’ उनले अन्तवार्तामा यस रोग को बारेमा चाडै नै ‘डक्यूमेंट्री सीरीज’ निकाल्ने बताएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!