Sunday, September 20, 2020
Home > जीवनशैली > झापामा भेटिए साना भिटेन, यस्तो दम्दार प्रस्तुति हेरेपछि सहयाेगमा लागि भिडियो शेयर गरिदिनुहाेला

झापामा भेटिए साना भिटेन, यस्तो दम्दार प्रस्तुति हेरेपछि सहयाेगमा लागि भिडियो शेयर गरिदिनुहाेला

झापा । झापाको दमकमा अर्का भिटेन भेटिएका छन् । ५ रुपैयाँको खाना बेचेर चर्चामा आएका कुमार राईले मिडियामा पहिलो पटक सानो भिटेनलाई ल्याएका हुन् । वास्तविक नाम भने उनको सरोज खत्री हो । तर, उनलाई सबैलाई भिटेन भन्ने गरेका छन् । उनी आफूलाई भिटेनको ठूलो फ्यान भएको बताउँछन् । उनले दमदार प्रस्तुति दिने गरेका छन् । उनकाे प्रस्तुति हेर्दा लाग्छ कुनै पेसेवर -याप गायक नै हुन् । सासै नफेरि गाउने उनकाे कलालाइ सम्मान गर्नुपर्छ ।

भिडियोः

आस्था राउतको बयान: महिला प्रहरीले झोलामा कफी खन्याइदिन्छु भन्दै विमानस्थलमै न्याँकिन्

काठमाडौं – गायिका आस्था राउतले फेसबूक लाइभमार्फत नेपाल प्रहरीको व्यवहारमाथि प्रश्न उठाउँदै प्रहरीलाई नै गाली गरेपछि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । सामाजिक सञ्जालमा कतिले आस्थाको समर्थन गरिरहेका छन् भने कतिले उनी यसरी आक्रोशपूर्ण रुपमा प्रस्तुत हुन नहुने प्रतिक्रिया दिएका छन् ।

यता राउतले भने आफूले ‘हद’ पार गर्ने गरी अपमान सहनु परेकाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेको प्रतिक्रिया दिएकी छिन् । यतिबेला उनी भारतको सिक्किममा कार्यक्रमका लागि पुगेकी छिन् । कुराकानीकाे क्रममा राउतले भनिन्, ‘मलाई ती महिला प्रहरीले हातले तानेर न्याँकिन्, नराम्रो व्यवहार गरिन्, चित्त दुख्यो ।’ आफूले यसअघि पनि प्रहरीबाट सामान्य दुव्यर्वहार बेहोर्नुपरे पनि यो तहको दुर्व्यवहार कहिल्यै नभोगेको बताइन् ।

्मरहिला प्रहरीले हातै हालेर दुर्व्यवहार गर्दा डिउटीमा रहेका अन्य प्रहरीले टुलुटुलु हेरेको देख्दा दु:ख लागेको उनले बताइन् ।

‘भोलि (शुक्रवार) को कार्यक्रमका लागि म सिक्किम जाँदै थिएँ, हिजो (बुधवार) दिउँसो १२ बजेको फ्लाइट थियो, म समयमै पुगेकी थिएँ,’ राउतले कुराकानीमा भन्छिन्, ‘बुद्ध एयरको फ्लाइट ‘डिले’ हुने भएपछि म विमानस्थल परिसरमै कफी पिएर बसिरहेकी थिएँ ।’

‘त्यही बेला मिस आस्था राउत भनेर बोलाइरहेको सुनेँ, म त २ बजे फ्लाइट भनेर ढुक्कले बसिरहेकी थिएँ, बुद्ध एअरका कर्मचारीले बोलाएको सुनेपछि म हतार–हतार चेकिङतिर लागें,’ उनले भनिन् । आफू कफी बोकेरै चेकिङतर्फ अगाडि बढेको तर चेकिङमा रहेकी महिला प्रहरीले आफूलाई अपमानजनक व्यवहार गरेको आस्था बताउँछिन् ।

‘मेरो नाम सुन्नासाथ म कफी छोडेर जान लागेकी थिएँ, मलाई छोड्न आएका रिलेटिभ (आफन्त)ले कफी लान पाइन्छ भनेपछि कफी लिएरै छिर्दै थिएँ, कफीको लिड पनि राम्रोसँग लागिरहेको थिएन,’ आस्था थप्छिन्, ‘चेकिङमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भन्नुभयो, मैले आफ्नो प्लेन छुट्न लागेको बताएँ, उहाँलाई ज्याकेट नखोले हुँदैन भनेर सोधेँ ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!