Wednesday, November 30, 2022
Home > भिडियो > संविधान दिवसका दिन एकाएक किन यस्तो बेग्लै स्वादकाे भाषण अायो प्रधानमन्त्री केपी अोली ज्यूकाे? (भिडियो)

संविधान दिवसका दिन एकाएक किन यस्तो बेग्लै स्वादकाे भाषण अायो प्रधानमन्त्री केपी अोली ज्यूकाे? (भिडियो)

संविधान दिवसमा प्रधानमन्त्रीको भाषणको स्वाद नै निकै बेग्लै आयो । समारोहको मञ्चमा प्रधानमन्त्री केपी शर्मा ओली भाषण गर्न उभिएपछि धेरैलाई लागेको थियो अब के के नयाँ सपनाहरू सुनाउने भए । माइक पाएपछि घण्टौंसम्म भाषण गरिदिने प्रधानमन्त्री ओलीको भाषण नै छोटो भयो, त्यसमा पनि लिखित भाषण पढेर उनी मञ्चमा बसे । त्यो भन्दा रोचक त के भने प्रधानमन्त्रीले भाषणमा आफैले स्वीकारे कि–कुरा धेरै भयो काम भएन । प्रधानमन्त्रीले भने– ‘कुरा धेरै भए काम भएन भन्ने गुनासो मैले पनि सुन्ने गरेको छु ।

भिडियोः

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भने– ‘हामी अहिले भन्ने चरणबाट गर्ने चरणमा प्रवेश गरेका छौं, सपना देखाउने चरणबाट परिवर्तन महसुस गराउने चरणमा प्रवेश गरेका छौं ।’ आफू नेतृत्वको सरकार र आफ्ना महत्वाकांक्षी भाषणबारेमा जनस्तरमा भैरहेका चर्चाबारे आफू जानकार रहेको उनले बताए । ओलीले कुरा र भाषण अनुसारको काम नभएको चर्चा बढेकोबारे थाहा पाएको बताउँदै त्यसबारे आफ्नो अनौठो लाग्ने टिप्पणी सुनाएका छन् । संभवतः प्रधानमन्त्रीले कुरा अनुसारको काम नगर्ने प्रधानमन्त्रीका रूपमा आफ्नो छवी बन्दै गएकोबारे सार्वजनिक रूपमै गम्भीरता प्रकट गरेको यो पहिलो पटक हो ।

Leave a Reply