Sunday, December 5, 2021
Home > प्रवास > एकाएक मलेसियामा छरिए नेपालीहरू युवाहरूकाे लाश, यस्तो भयावह मृत्यु, हरेक नेपालीकाे हृदय फाट्नेछ.. हेर्नुस

एकाएक मलेसियामा छरिए नेपालीहरू युवाहरूकाे लाश, यस्तो भयावह मृत्यु, हरेक नेपालीकाे हृदय फाट्नेछ.. हेर्नुस

मलेसियामा विषाक्त रक्सी खाँदा ज्यान गुुमाउनेको संख्या १९ पुुगेको छ । थप १४ जनाको अवस्था गम्भीर छ । ज्यान गुुमाउने तथा गम्भीर बिरामी परेका अधिकांश नेपाली रहेको अनुमान गरिएको छ।सोमबार विभिन्न तीनवटा ब्राण्डका रेक्सी खाँदा उनीहरु बिरामी परेको द स्टार अनलाइनले जनाएको छ । मन्डलिया र ग्रेन्ड रोयल ह्विस्की तथा किंगफिसर बियर खाँदा उनीहरुको ज्यान गएको मलेसिया प्रहरीले जनाएको छ ।

ती रक्सी उनीहरुले विभिन्न पसलबाट खरिद गरेको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले ती क्षेत्रबाट रक्सी परीक्षणका लागि सुुंगाई बुहोहा नेशनल प्रयोगशालामा पठाएको स्वास्थ्य निर्देशक डा. नन्द हिमाम अब्दुलले बताए ।विषाक्त रक्सी खानेहरुमा पेट दुुख्ने, बमिट गर्नेजस्ता लक्षण देखिएको केहीबेरमै बेहोस हुने लक्ष्यण देखिएको छ ।

बिरामीहरुको पनि रगत र पिसाबको नमुुना लिएर आवश्यक परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । ५१ जना बिरामी परेकोमा सेलंगरमा ४५ र ६ जनाको कोआलालम्पुरमा परीक्षण भैरहेको छ ।तीनजना स्थानीय र बाँकी आप्रवासी कामदार हुन् । ४८ जना आप्रवासी मध्य नेपाली, बंगलादेशी, भारतीय र म्यानमारका नागरिक रहेका छन् ।उनीहरुलाई थप उपचारका लागि भर्ना गरिएको छ । अरु ९ जना उपचारपछि फर्किएका छन् । विषाक्त रक्सी खाएर बिरामीपरेकाहरु आउनेक्रम बढिरहेको जनाइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!