Saturday, July 17, 2021
Home > समाज > निर्मला पन्तकाे बलात्कारी हत्यारा समात्न पठाइयो महिला टोली, को हुन यी सहासी महिला प्रहरी? जान्नुहाेस

निर्मला पन्तकाे बलात्कारी हत्यारा समात्न पठाइयो महिला टोली, को हुन यी सहासी महिला प्रहरी? जान्नुहाेस

काठमाडौ, ०३ भदाै । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन चलिरहेको छ । प्रहरीकै संलग्नतामा प्रमाण नष्ट गर्ने काम भएका कारण अपराधि समात्न कठिन भएको चर्चा छ । यो अपराधलाई जसरीपनि पत्ता लगाउन सरकारले सबै शक्ति प्रयोग गरेको छ । निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । साथीकहाँ जान’ भनेर हिँडेकी उनी भोलिपल्ट बलात्कारपछि हत्या गरेको अवस्थामा भेटिएकी थिइन् ।

फेरी पनि सरकारले अनुसन्धानमा अर्को कदम चालेको छ । उक्त घटनाको छानबिनका लागि सरकारले प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चपुरमा खटाएको छ । प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा उक्त टोली कञ्चनपुरमा खटाइएको हो । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग सहकार्य गरी अनुसन्धानमा सघाउन प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा उक्त टोली खटाइएको हो ।

बालिका बलात्कारको केस भएकाले छानबिन तथा अनुसन्धानमा सहज होस् भन्ने उद्देश्यले महिला प्रहरी अधिकारीको टोली परिचालन गरिएको जनाइएको हो । एसपी दुर्गा निक्कै साहासी प्रहरीको रुपमा नेपाल प्रहरीको बृत्तमा चिनिन्छ । दाङ जिल्लाको इन्चार्ज बनेर गएको बेला त्यहाँ गुण्डाहरुको भागाभाग मच्याएर दुर्गाले जनताको प्रशंसा पाएकी थिइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!