Sunday, November 28, 2021
Home > समाचार > निलम्बित एसपी विष्टले खोले बम दिदी बहिनीसँगको सम्बन्ध र घटनाको वास्तविकता, बिस्तृतमा हेर्नुहोस्…

निलम्बित एसपी विष्टले खोले बम दिदी बहिनीसँगको सम्बन्ध र घटनाको वास्तविकता, बिस्तृतमा हेर्नुहोस्…

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई पक्राउ गर्न लापरवाही गरेको भन्दै निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले घटनाका बारेमा सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर निलम्बित एसपी विष्टले घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । उनले आफूविरुद्ध समाचार लेख्ने पत्रकार र सञ्चारमाध्यमविरुद्ध प्रेस काउन्सिल र पत्रकार महासंघमा उजुरी दिएको बताएका छन् ।

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा आफूले अनुसन्धान गर्दा प्रेसर आएको आएको बताएका छन् । निलम्बित एसपी विष्टले प्रेसर थेग्न नसकेकै कारण आफूलाई अनुसन्धान गर्न कठिनाइ भएको बताएका छन् ।

उनले अनुसन्धानको सुई शून्यबाट शुरु भएर एक ठाउँमै अड्किएको बताएका छन् । निर्मला पन्तको डिएनए सुरक्षित रहेको दाबी गर्दै विष्टले त्यहीबाट अनुसन्धान शुरु गर्न सकिने बताए । निर्मलाको शव भेटिएको नजिकै लागुऔषध खाने व्यक्ति, काम गर्नेहरू रहने गरेको भन्दै उनीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन सकिने विष्टले बताएका छन् ।
निर्मलाको बलात्कार र हत्यामा आफ्नो छोराको कुनै पनि संलग्नता नरहेको दाबी गर्दै निलम्बित एसपी विष्टले आफूलाई अन्याय भएको बताएका छन् । रोशनी बम र बबिता बमसँग आफ्नो कुनै पनि संलग्नता नरहेको उनको दाबी छ । विष्टले रोशनी र बबिताको बचाउ गरेका छन् ।

आइजीपी सर्वेन्द्र खनालले भने जस्तो आफू नालायक प्रहरी नभएको दाबी गरेका छन् । निलम्बित एसपी विष्टले आफूले न्याय पाउने र बढुवा भएर जिम्मेवारी पाउने बताएका छन् ।

निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई छानविन गर्न गठित सिआइबीकै टोली निलम्बिनमा परेको छ । छानविन टोलीलाई नै डिआइजी धिरु बस्नेतको टिमले अनुसन्धान थालेको छ । अनुसन्धानलाई प्रभावित बनाउने गरेर विष्टले सञ्चारमाध्यममा अभिव्यक्ति दिएको आरोप छ ।

हेर्नुहोस् एसपी विष्टसँग गरिएको कुराकानी भिडियोमा…

Leave a Reply

error: Please Dont Copy My Content!! !!