Wednesday, December 8, 2021
Home > समाचार > निर्मला बलात्कार-हत्या प्रकरणः अन्ततः यहि हाे अपराधी पत्ता लगाउने अन्तिम उपाय! हेर्नुहोस् यो भिडियो

निर्मला बलात्कार-हत्या प्रकरणः अन्ततः यहि हाे अपराधी पत्ता लगाउने अन्तिम उपाय! हेर्नुहोस् यो भिडियो

काठमाडौं । गृह मन्त्रालयले सीआइबीका अनुसन्धान अधिकारीलाई निलम्बन गरेपछि अब निर्मला हत्या प्रकरणमा ती निलम्बित अनुसन्धानकर्ताले गरेको विगतको अनुसन्धान बदर हुन्छ कि सदर हुन्छ भन्ने प्रश्न उठेको छ । अब नयाँ छानविन समितिले सीआइबीकै अनुसन्धानमा टेक्ने हो भने यो अनुसन्धान घटनास्थलमा हैन, रगत परीक्षण गर्ने ल्याबमा मात्रै सीमित हुनेछ । अब कञ्चनपुर प्रहरीले यसअघि सीआइबीले गरेको अनुसन्धानलाई खारेज नगर्ने हो भने डीएनए परीक्षण नगरी कसैलाई पनि निर्मला पन्तको हत्यारा सावित गर्न नसकिने स्थिति सिर्जना भएको छ ।

निर्मला पन्त हत्या प्रकरणको अहिलेसम्मको भवितव्य के हो भने अब शंका लागेको व्यक्तिलाई सुई घोपेर रगतको नमूना ल्याबमा ल्याउने अनि निर्मलाको शवबाट संकलित भेजिना स्वाबमा फेला परेको वीर्यसँग भिडाएर हेर्ने । जसको डीएनए म्याच गर्छ, यसलाई अपराधी करार गर्ने, जसको मिल्दैन, उसलाई निर्दोष सावित गर्नै जाने । यसरी सीआइबीको विगतको अनुसन्धानमा टेक्ने हो भने अबको अनुसन्धान टोलीले रगत संकलन र डीएनए परीक्षण मात्रै गर्नुपर्ने बाध्यता छ ।

एसपीका छोरा, एसपी, मेयरका भतिजा वा अरु जो कसैलाई पनि शंका लागेका रगतको स्याम्पल लिनैपर्ने बाध्यतामा सीआइबीको अनुसन्धानले पुर्‍याइदिएको छ । सीआइबीका पूर्व अनुसन्धानअधिकारीहरुको दाबी के छ भने निर्मला पन्तको अहिलेसम्म नष्ट नभएको एउटै प्रमाण भनेको उनको भेजिनल स्वाब मात्रै हो ।

यदि निर्मलाको ‘भेजिनल स्वाब’ लाई मात्रै अपराधकर्ताको एकमात्र अचूक एवं निरपेक्ष प्रमाण ठान्ने हो भने अब यस्तो अनुमान लगाउनैपर्ने हुन्छ- बलात्कारी र हत्यारा एउटैै व्यक्ति हो, जसले बलात्कारको समयमा कण्डम प्रयोग गरेको थिएन । तर, यसअघि घटनास्थलमा कण्डम फेला पारेको प्रहरीले चर्चा गरेको थियो । फोरेन्सिक ल्याबका विज्ञहरुका अनुसार भेजिनल स्वाबमा वीर्यको उपस्थिति त्यस्तो बेलामा मात्रै भेटिन्छ, जुनबेला बलात्कारीले कण्डमको प्रयोग गरेको हुँदैन । कण्डम प्रयोग भएको छैन भने मात्रै भेजिनल स्वाबमा वीर्य खस्न सक्ने अवस्था हुन्छ ।

प्रहरी टोलीले गरेको अहिलेसम्मको अनुसन्धान प्रक्रियालाई खारेज नगरी पुरानै अनुसन्धानमा टेकेर अनुसन्धान थाल्ने हो भने अब दिलिपसिंह विष्टलाई निर्दोषिताको स्थायी प्रमाणपत्र दिए हुन्छ । डीएनए परीक्षण गरीवरि छुटेका विष्टमाथि फेरि छानविन वा अनुसन्धान गर्ने हो भने डीएनए परीक्षणको विश्वसनीयतामाथि नै प्रश्न उठाउनुपर्ने हुन्छ । र, यससँगै निर्मला पन्तको शवबाट संकलन गरिएको भनिएको ‘भेजिना स्वाब’ को बैधतामाथि नै प्रश्न उठाउनुपर्ने हुन्छ ।

भिडियोः

के हो भेजिनल स्वाब ?
भेजिनल स्वाब भनेको गुप्ताङ्गको भित्री भागबाट संकलिन गरिने एक प्रकारको जैविक पदार्थ हो । बलात्कृत महिलाको गुप्ताङ्गबाट त्यस्तो वस्तु संकलन गरेर ल्याबमा परीक्षण गर्दा त्यहाँ बलात्कारीको वीर्यको अंश फेला पर्‍यो भने त्यसलाई शंकास्पद व्यक्तिसँग भिडाएर हेरिन्छ र मिलेको खण्डमा अपराधीको पहिचान हुन्छ । माइक्रो बाइलोजिकल टेस्ट भएकाले यस्तो परीक्षणबाट अपराधी उम्कन नपाउने र कोही पनि निर्दोषले दोषको भागिदार हुनु नपर्ने दाबी गरिँदै आएको छ ।

तर, भेजिनल स्वाबको परीक्षणमा केही पक्षमाथि विचार पुर्‍याउनुपर्ने हुन्छ । बलात्कारीले भेजिनल स्वाबमा वीर्य वा अन्य कुनै स्वाब छाडेकै हुन्छ भन्ने छैन । अन्य प्रकारले अपराध पनि भएको हुन सक्छ । त्यसैले, भेजिनल स्वाबको परीक्षण एउटा त्यस्तो अन्तिम अस्त्र हो, जहाँ अपराधीलाई फेला पार्ने वा कबुल गराउने अन्य आधारहरु समाप्त भएका हुन्छन् ।

यद्यपि बलात्कारको घटनापछि मृत या जीवितै रहेका पीडितको शरीरबाट भेजिनल स्वाबको नमूना संकलन गरेर परीक्षण गर्ने प्रचलन विश्वमा धेरैवर्ष देखि प्रचलित छ । फ्रान्समा केही वर्ष पहिले गरिएको एक अनुसन्धानमा ७९ जना बलात्कृत महिलाको भेजिनल स्वाब परीक्षण गर्दा ३० प्रतिशतमा मात्रै पुरुषको ‘वाई क्रोमोजोम’ भेटिएको थियो ।

बलात्कारपछि हत्या भएको आशंका गरिएको स्थितिमा मृतकको पोष्टमार्टम गर्ने बेलामै डाक्टरहरुले भेजिनल स्वाब निकाल्छन् । प्रहरीले त्यस्तो स्वाब निकालिएको मुचुल्का तयार पार्छ र सर्जमिनसहित शीलबन्दी गर्छ । फोरेन्सिक ल्याबमा पनि त्यसलाई प्रक्रिया नपुर्‍याई खोल्न मिल्दैन । विधि नपुर्‍याई शील खोलिएको भेजिनल स्वाबको परीक्षण गर्न फोरेन्सिक ल्याबले स्वीकार गर्दैन । भेजिनल स्वाबको परीक्षणको बैधता पुष्टि हुनुपर्छ । यसलाई अपराध अनुसन्धानको भाषामा ‘चेन अफ कस्टडी मेन्टेन’ भएको हुनुपर्ने भनिन्छ ।

बलात्कृत महिलाको शरीरमा पुरुषको वाई-क्रोमोजोम रहे/नरहेको पत्ता लगाउनका लागि घटना भएको दुई दिनभित्रै भेजिनल स्वाब संकलन गर्नुपर्ने विज्ञहरु बताउँछन् । त्यसरी संकलन गरिएको नमूनालाई विधि विज्ञान प्रयोगशालामा २/३ महिनाभित्र परीक्षण गर्ने नेपाली प्रचलन छ ।

बलात्कारको घटनामा पोष्टमार्टम गर्दा पीडितको भेजिनल स्वाब सुरक्षित गरिएको सम्भवतः निर्मला पन्तकै पहिलो भएको अनुसन्धान अधिकारीहरुको दाबी छ ।

भेजिनल स्वाबमा भेटिएको वीर्य परीक्षण गर्दा धेरैजनाले बलात्कार गरेका हुन् कि एकैजनाले मात्र हो भन्ने पनि थाहा हुन्छ । धेरैजनाको वीर्य खसेको रहेछ भने मल्टिपल छुट्याउन सकिन्छ । तर, निर्मला पन्तको भेजिनल स्वाबमा एकजनाको मात्रै कन्टेन रहेको रिपोर्ट विधि विज्ञान प्रयोगशालाले सीआइबीलाई दिएको छ ।

सीआइबीको टोलीले के-के गर्‍यो ?
निर्मला पन्तको शव फेला परेको चार दिनपछि काठमाडौंबाट डीएसपी अंगुर जीसीको नेतृत्वमा सीआइबीको टोली कञ्चनपुर पुगेको थियो । सीआइबीको टोली घटनास्थलमा पुग्दा निर्मलाको दाहसंस्कार भइसकेको थियो । जीसीको टोलीले करिब एक महिना लगाएर घटनाको अनुसन्धान गर्‍यो ।

कञ्चनपुर जानेवित्तिकै डीएसपी जीसीले निर्मला पन्तको भेजिनल स्वाबको खोजी गरे । पोस्टमार्टम गर्ने ठाउँमै डाक्टरहरुले निर्मलाको भेजिनल स्वाब उठाएको सीआइबी टोलीलाई जानकारी आयो । अस्पतालले हामीसँग भेजिनल स्वाब छ भनेपछि त्यसलाई तुरुन्तै प्लेनबाट काठमाडौं पठाइयो ।

सीआइबीको अनुसन्धान टोलीले निर्मलाको भेजिनल स्वाबमा पुरुषको वीर्य छ कि छैन भन्ने हेर्न चाहेको थियो । फोरेन्सिक डिपार्टले तीन दिनपछि सीआइबीलाई भन्यो- पोजेटिभ रिपोर्ट आयो । अर्थात भेजिनल स्वाबमा वीर्यको अंश पाइयो ।
इन्फोखबर बाट
यो पनि :
साउन ११ गते बिहान साढे ८ बजे कञ्चनपुरको रुपा कार्कीलाई ब्यूटी पार्लरमा काम गर्दागर्दै उनका श्रीमानको फोन आयो, ‘खोलामा निर्मलाको साइकल भेटियो।’त्यतिबेला ब्यूटी पार्लरमै थिए रोशनी र बबिता बम। बबिताले त्यतिबेला फ्याट्टै भनिन्- ‘साइकल भेटिएपछि अब लाश नि त्यतै भेटिएला।’

निर्मला घरबाट हराएको दोस्रो दिनको घटना थियो यो।त्यति बेलासम्म निर्मला हराएको शंका मात्र थियो। बबिताले पहिलोपटक लाशको कुरा गरिन्। त्यसपछि गाइगुइ सुनियो, ‘निर्मलाको पक्कै हत्या भयो।’ब्यूटी पार्लरको नियमित ग्राहक बबिता र रोशनी त्यस क्षेत्रमा ‘चर्चित’ थिए। नभन्दै साइकल भेटिएको केही क्षणपछि निर्मलाको लाश भेटियो। साइकल भेटिएको स्थानको १० मिटर पर निर्मलाको शरीर विभत्स रुपमा लडेको थियो।साउन १० गते रोशनीको घर गएकी निर्मला त्यही दिनदेखि हराएकी थिइन। १० गते दिनभर खोज्दा निर्मला भेटिएकी थिइनन्।

उनलाई खोज्न प्रहरीसँग सहयोग माग्दा प्रहरीको जवाफ थियो, ‘बिहान ११ बजे हराएकी छोरीलाई मध्यरातमा खोज्ने हो? दुईटा केटीमात्र भएको ठाउँमा हामी राती जान्नौ।’त्यो दिन त्यतिकै बित्यो। भोलिपल्ट बिहान ११ नबज्दै निर्मलाको लाश भेटिएको थियो।निर्मलाको अत्यन्तै मिल्ने साथी थिइन रोशनी। उनी दिनहुँजसो निर्मलाको घर आउँथिन्।

निर्मला रोशनीको घर कैहिलेकाहीँ जान्थिन्।रोशनीले निर्मलाको आमा दुर्गालाई बारम्बार भन्थिन, ‘निर्मलालाई डान्स सिक्न पठाउँनू।’ तर, उनले मानेकी थिइनन्।डान्स सिक्ने कुराले आमाछोरीबीच केही विवाद पनि थियो। दुर्गाले छोरी निर्मलालाई केही दिनअघि त्यही निहुँ थप्पडसमेत लगाएकी थिइन्।निर्मला हराउनु केही दिनअघिको घटना थियो त्यो।निर्मला हराएको दिन आमा दुर्गा पन्तले बबितालाई पटक पटक निर्मलाको बारेमा सोधिन्।

‘तिम्री छोरी पोइला गई होला। हाम्लाई किन बारम्बार सोध्न आउछौँ,’ बबिताले यस्तै जवाफ दिएकी थिइन्।त्यसपछि निर्मलाकी आमा दुर्गाको शंका बम दिदी बहिनीमाथि थियो। प्रहरीले ‘हामी हेर्छौं बुझ्छौं। नेपाल प्रहरीलाई तपाईँले सिकाउने,’ भन्दै झपारेपछि उनी चुप भएकी थिइन्।त्यसो भनेको भोलिपल्ट लाश खोला किनारमा भेटियो। सादा पोशाकमा भएकी महिला प्रहरीले सुरुवाल पखालिन। घटनाको प्रमाण लुकाउने काम भयो। घटना भएको केही दिनमा त्यहाँबाट धेरै प्रहरीको सरुवा भयो।घटनास्थलमा सिल गर्ने माग स्थानीयको थियो।

प्रहरी इन्स्पेक्टर इकेन्द्र खड्काले झपारे, ‘यहाँको मेयर मै हुँ, प्रहरी मै हुँ। तपाईँहरु किन बाठो हुनुहुन्छ?’उनी घटनास्थलबाट वडा कार्यलय प्रमुख जगदीश भट्टकोमा गएर बसे। जगदीश भट्टले निर्मलाको परिवारलाई सहयोग गरेनन्।केही क्षणपछि महाकाली अञ्चल अस्पतालमा शव लगियो। लग्नासाथ निर्मलाको बुवा यज्ञलाई शव बुझ्न दबाव आउन थाल्यो।घटना भएको बेला घर बाहिर रहेका यज्ञले सत्यतथ्य नबुझी शव नबुझ्ने अड्की कसे। उनलाई छोरीको लाशको व्यापार गर्ने भनेर आरोप लाग्यो। तर पनि उनले बुझेनन्।

केही सिप नलागेपछि घटना मिलाउन निर्मलाको मामा तीर्थराज भण्डारीको ‘इन्ट्री’ भयो। डोटीमा बसेर स्थानीय राजनीतिमा सक्रिय उनलाई कञ्चनपुरको मेयरले बोलाएका थिए।तीर्थराजले घटना मिलाउन अनेक प्रयास गरे। सिडिओ कुमार बहादुर खड्कासँग निर्मलाको बुबा यज्ञराजलाई भण्डारीले नै भेटाए।सिडिओ खड्काले शव बुझ्न सुझाए।

हिन्दु परिवारको मान्छे छोरीको शव कुहाएर किन राख्नु भन्दै सम्झाए पनि। उनले सिडिओलाई जवाफ दिए, ‘घटनाको सत्यतथ्य नबुझिकन म लाश बुझ्दिँन।’त्यो बेला उनको साला भण्डारी असफल भए। तर, उनको प्रयास रोकिएन।अर्को दिन भण्डारीले सिडिओ, प्रहरी र केही स्थानीय बीच भएको वार्तामा गएर भने, ‘को हो तिमीहरु मेरो भान्जीको शवको व्यापार गर्ने? म उसको मामा हूँ। म बूझ्छु लाश। मेरा सोझा दिदी भिनाजुहरुलाई किन उक्साउँछौं?’त्यसपछि भिनाजुलाई हेर्दै भने, ‘मैले सबै बुझेको छु भिनाजु। सबै म गर्छु तपाईँले केही गर्नु पर्दैन। चुप लागेर बसे हुन्छ।’

त्यसपछि सिडियो, एसपी भएकै ठाउँमै उनले भिनाजुलाई धम्क्याए, ‘तपाईँले मेरो भान्जीको लाश बुझ्नु भएन भने म जेलमा थुन्दिन्छु।’त्यसपछि साला भिनाजुबीच विवाद भयो। तै पनि, भण्डारी पछि हटेनन्। ‘भिनाजु पागल भएको’ भन्दै नगरपालिकाको फोहोर बोक्ने ट्याक्टर लिएर लाश बुझ्न अस्पताल पुगे। सालाले छोरीको शव बुझ्न गएको उनलाई थाहा थिएन।पछि उनको हर्कत थाहा पाएपछि उनलाई रोके। तर, १४ गते बिहान ६ नबज्दै बिहान यज्ञराज दावावमा शव बुझ्न बाध्य भए।प्रहरीले स्कर्टिङ गरेर महाकाली नदीमा लाश लिएर गयो। यज्ञ जवर्जस्ती छोरीको दाहसंस्कार गर्न बाध्य भए।

निर्मलाको शव जलाइयो।निर्मलाको मलामी प्रहरीमात्र थिए।लाश बुझ्ने कागजमा तीन पार्टीका सदस्य, सुरक्षाकर्मीको हस्ताक्षरसमेत भयो। त्यसमा ‘बलात्कार’ नलेखिकन ‘हत्या’ मात्र लेखिएको थियो। घटना त्यतिकै साम्य पार्ने षड्यन्त्र मुचुल्का उठाइएको थियो।यता सडकमा आन्दोलन चलिरहेको थियो।

निर्मलाको दाहसंस्कार हुनासाथ हल्ला चल्यो, ‘निर्मलाको बुवाले १५ लाख लिएर लाश बुझे।’यो सबै हल्ला उनकै साला तीर्थराजले चलाएका थिए। निर्मलाको बुबा यज्ञराज भन्छन्, ‘उसलाई पक्रने हो भने मात्रै घटनाको सत्य तथ्य सार्वजानिक हुन्छ। उस्को दबाब र धम्कीले मैले बाध्य भएर छोरीको दाहसंस्कार गर्नुपरेको हो। उसले उता मिलेर घटना साम्य पार्न खोज्यो।’

घटनाको छानविन गर्न बनेको उच्च स्तरीय समितिका सदस्य वीरेन्द्र केसीले निर्मलाका बुवासँग केही दिनअघि भेटेका थिए। उक्त भेटमा केसीले निर्मलाको बुवालाई कोसंग शंका छ भनेर सोधेका थिए, ‘बबिता बम र एसएसपी दिल्लीराज विष्ट। अनि सालो तीर्थराज भण्डारीलाई पक्रेपछि सबै घटनको सत्यतथय खुल्छ,’ उनले यसै भनेका थिए।त्यतिबेला केसीले भनेका थिए, ‘तपाईँको शंका र मेरो अनुसन्धानको निष्कर्ष उस्तै छ। अबको चार दिनभित्रमा तपाईँले राम्रो खबर पाउनुहुन्छ।’

निर्मलाको बुवालाई चार दिनमा राम्रो खबर पाउनुहुन्छ भनेका केसीले छानविन समितिबाट राजिनामा दिए। दुई दिनपछि फेरि आज उनले राजिनामा फिर्ता गरेका छन्, गृहमन्त्री रामबहादुर थापासँगको भेटपछि।निर्मलाको बुवा यज्ञराज भन्छन्, ‘ न्याय खोज्दै काठमाडौँ आएका छौँ। अब न्याय नपाएसम्म कञ्चनपुर फर्कन्नौं।

source: pahilopost.com

Leave a Reply

error: Please Dont Copy My Content!! !!