Sunday, July 11, 2021
Home > समाज > धिक्कार छ तिमी जस्ती अामालार्इ, अर्कैसँग लसपसबाट जन्मेका शिशु एक दिन पनि बाँच्न दिएनाै…

धिक्कार छ तिमी जस्ती अामालार्इ, अर्कैसँग लसपसबाट जन्मेका शिशु एक दिन पनि बाँच्न दिएनाै…

धरान : धरानमा अवैध यौन सम्पर्कबाट जन्मेको नवजात छोराको हत्या भएको छ । धरान–१० स्थित नारायण चोकमा मजदुरी गर्दै आएकी २० वर्षीय अस्मिता चौधरीले छोरालाई जन्माउनसाथ हत्या गरेकी हुन् ।मजदुरीकै क्रममा सहकर्मीसँगको अवैध यौनसम्पर्कबाट जन्मिएको छोरालाई भाडामा बस्दै आएको घरको शौचालयमा जन्माउनासाथ बेइज्जत हुने डरले अस्मिताले हत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताएका छन् ।

 

विहान सुत्केरी व्यथा लागेकी उनले शौचालयमा गएर छोरालाई जन्म दिएकी थिइन् । अविवाहित हुँदै छोरो जन्मिएपछि समाजले घृणा गर्ने डरले घाँटी थिचेर हत्या गरेर अस्मिता कोठामा आएकी थिइन् । भाडामा बस्दै आएका अन्य महिला शौचालय गएपछि नवजात शिशुको हत्या भएको अवस्थामा शव फेला परेपछी प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय धरानको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा अस्मिताले अवैध सम्बन्धबाट जन्मिएको छोराको हत्या गरेको खुलासा भएको डिएसपी तिम्सिनाले बताएका छन् ।

प्रहरीले घटनाको मुचुल्का तयार गरी नवजात शिशुको शवसहित अस्मितालाई नियन्त्रणमा लिएको छ । नवजात शिशुको शव शल्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइएको तिम्सिनाले बताए । असिमताकी आमा गंगा चौधरीले धनकुटाका जजकुमार राईसँग दोस्रो विवाह गरेर धरान आएपछि अस्मिता पनि आमासँगै धरान आएकी थिइन् ।गंगामायाका अनुसार आफूसँगै दैनिक मजदुरी गर्ने छोरीले गर्भ बोकेको आफुलाई पत्ता नपाएको बताएकी छिन् । अस्मिताले कसको गर्भ बोकिन् भन्ने खुल्न नसकेकाले अनुसन्धान भइरहेको डिएसपी तिम्सिनाले बताएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!