काठमाडौं, १ असोज । संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले प्रधानमन्त्री केपी ओलीले पूर्वसहमतिहरू कार्यान्वयन नगरेको भन्दै सरकारमा बसिरहनुको औचित्य समाप्त भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कटमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद यादवले संविधान संशोधन, विकासका कार्यक्रम गर्न पैसा नदिएको लगायतका आरोप लगाउँदै सरकार छाड्नु पर्ने बताएका हुन् ।‘सरकारमा बस्नुको अर्थ छैन । संघीय फोरमसँग भएका सहमति कार्यान्वयन हुँदैन भने
सरकार छाड्नुपर्छ’, उनले भने, ‘यस्तै अवस्था रहन्छ भने सरकार छाड्ने बारेमा पार्टीमा अब छलफल हुन्छ ।’ संविधान संशोधन हुन नसकेकाले संविधान दिवसका दिन असोज ३ गते कालो दिवसका रुपमा आफूहरूले मनाउन लागेको बताए । तपाईहरू सरकारमा बस्ने संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउन पाइन्छ ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘हामी सरकारमा मात्रै सहभागी भएको हो । हाम्रा माग र मुद्धा यथावत छन् । सरकारविरुद्ध प्रदर्शन हुँन्छ ।’