Wednesday, November 30, 2022
Home > प्रवास > मन्त्री गोकर्ण विष्टले गरे यस्तो चमत्कारः साउदीमा काम गर्ने नेपालीहरूलार्इ दिए यस्तो खुशीकाे खबर

मन्त्री गोकर्ण विष्टले गरे यस्तो चमत्कारः साउदीमा काम गर्ने नेपालीहरूलार्इ दिए यस्तो खुशीकाे खबर

साउदी अरबमा काम गर्न जाने नेपालीको न्यूनतम ज्याला बढेको छ। अब साउदी जाने नेपाली कामदारले मासिक न्यूनतम ज्याला न्यूनतम १००० रियाल (३० हजार रुपैयाँ) र खाना भत्ता ३०० रियाल (९ हजार रुपैयाँ) पाउने छन्। त्यस्तै अधिकतम ज्याला ११००० रियाल ( ३ लाख ३० हजार रुपैयाँ) र खानाभत्ता ५०० रियाल (१५ हजार रुपैयाँ) पाउनेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा सरकारले न्यूनतम ज्याला बढाएर प्रस्ताव पारित गरेको हो। यसअघि न्यूनतम ज्याला ८०० रियाल र खाना भत्ता २०० रियाल रहेको थियो। साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ।

सरकारको यो निर्णयपछि साउदी जाने अदक्ष नेपाली कामदार समेत लाभान्वित हुने छन्। अब यसलाई राजपत्रमा प्रकाशित गरी सोही मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणिकरण हुनेछ ।

Leave a Reply