काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोप लागेपछि सरकारले २ डिएसपीसहित थप पाँच जना प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको छ। गृहमन्त्रालयले शनिबार तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीलार्इ उक्त निर्मला काण्डमा असक्षम ठहर गरेकाे हाे ।
भिडियोः
साथै, घटनाको अनुसन्धानका लागि खटिएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का प्रहरी नायव उपरीक्षक अगुंर जिसीसहित २ जना प्रहरी निरीक्षक र एक जना प्रहरी सहायक निरीक्षकलाई शनिबारकै मितिदेखि लागू हुने गरि निलम्बन गरेको हो।