Tuesday, May 18, 2021
Home > प्रवास > अाफन्त भेट्न अष्ट्रेलिया पुगेकि काैशिला नेपाल फर्किइनन्

अाफन्त भेट्न अष्ट्रेलिया पुगेकि काैशिला नेपाल फर्किइनन्

सिड्नी ३१ भदाै । चितवनबाट अष्ट्रेलियामा आफ्नो आफन्त भेट्न गएकी कौशिला न्यौपानेको सिड्नीको पेन्टहस्टमा मृत्यु भएको छ । करिब ७ महिनाअघि अष्ट्रेलिया गएकी उनको करिब दुई साताअघि मृत्यु भएको अष्ट्रेलियामा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासकी उपनियोग प्रमुख दु्रपदा सापकोटाकाअनुसार अस्वस्थ भएपछि उपचारका लागि उनलाई कोग्राहा अस्पताल लगिए पनि ज्यान जोगाउन सकिएन ।

 

परिवारको आग्रहमा उनको शव नेपाल पठाउन कागजात तयार गरेर दिइएको सापकोटाले बताइन् । उनीसहित दुई साताको अवधिमा अष्ट्रेलियाको सिड्नीमा तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक विद्यार्थी, एक युवक र एक महिला रहेको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।

Leave a Reply