Friday, March 5, 2021
Home > समाचार > निर्मला हत्या काण्ड सेलाउन नपाउदै फेरी कंचनपुरमा एक महिलाको मृत अवस्थामा लास फेला पर्यो – तस्वीर सहित

निर्मला हत्या काण्ड सेलाउन नपाउदै फेरी कंचनपुरमा एक महिलाको मृत अवस्थामा लास फेला पर्यो – तस्वीर सहित

गोकुल जोशी:महेन्द्रनगर।भाद्र ३० ,कञ्चनपुमा नहरमा फालिएको अवस्थामा एक महिलाको शव भेला परेको छ ।भीमदत्त नगरपालिका २ महुलिया स्थित नहरको पानिमा तैरिरहेको अवस्थामा दैलेखको घुर्ती घर भएकी अन्दाजी ५५ बर्षीय आइती सार्कीको शव भेटिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले नयाँबाटो लाई जनकारी दिए

हाल महेन्द्रनगर बजार बाट २ कि.मि टाढा भाँसी चोकमा तरकारी बेचेर व्यबसाय गर्दै गरेकी सार्की भाँसी चोक नजिकै कोठा भाडामा बस्दै आएकी थिइन ।शनिबार बिहान भाँसी महुलीया नहरमा तैरीरहेको अवस्थामा महिलाको शब देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।शव नहरमा भएका कारण मृत्यु बारे केही भन्न नसकिने र घटनाबारे थप अनुसन्धानका लागि अनुसन्धान टोली घटना स्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

शार्कीको शव लाई पोष्टमाटमका लागि महाकाली अञ्चल अस्पताल पठाइएको कञ्चनपुर प्रहरीले बतायो ।केही दिन यता कञ्चनपुरमा हत्या, बलात्कार, र महिला हिंसाका घटनाहरु नियन्त्रण हुन नसक्दा स्थानीय नागरीकमा त्रास फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *