Saturday, July 11, 2020
Home > समाचार > कोहलपुरमा फेरि अर्को दुर्घटना : वडाध्यक्षका छोरा २३ वर्षीय काकीको गयो ज्यान

कोहलपुरमा फेरि अर्को दुर्घटना : वडाध्यक्षका छोरा २३ वर्षीय काकीको गयो ज्यान

कोहलपुर, २४ मंसिर । बाँकेको कोहलपुरमा दुई दिन अघि भएको दुर्घटना पछि उत्पन्न परिस्थिति सेलाउन नपाउँदै फेरि अर्को दुर्घट नामा एक जनाले ज्यान गुमाएका छन् । कोहलुरमा मंगलवार बिहानै दुर्घ टनामा परी सुवास कार्कीले ज्यान गुमाएका छन् । साढे १ बजे तिर कोहलपुरको चौराहमा भे ७ प २१५५ नम्बरको मोटरसाइकल दुर्घ टनामा परी २३ वर्षीय काकीको ज्यान गएको हो । उनको दुर्घ टना स्थलमा निधन भएको प्रहरीले जनाएको छ ।

कोहलपुर जिल्ला ट्राफिक कार्यालय प्रमुख पविन्द्र बमले गाति तिव्रका कारण दुर्घ टना भएको बताए ।उनी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कोहलपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षका छोरा रहेको स्थानिय नेताहरुले जनाएका छन् । नेकपाका वडाध्यक्ष तिलकसिंह कार्कीका २३ वर्षीय छोरा कार्कीको निधन भएको भन्दै सामाजिक सञ्जालमा नेकपाका नेताहरुले दु ख ब्यक्त गरेका छन् । कार्की स्थापीत साईकल व्यावसायि पनि हुन् ।

७२ वर्षीया वृद्धाको शौचालयमा बास

ओडिशा : भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन् । गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती वृद्धाले कानिका गाउँ प्रशासनले निर्माण गरिदिएको शौचालयमा खाना पकाउने र सुत्ने गरेको जनाइएको छ । उनका नाति र छोरीलगायतका सम्पूर्ण परिवार सोही शौचालयको बाहिर खुल्ला आकाशमुनि नै बसोबास गर्ने गरेको बताइएको छ ।

यसअघि यस मुद्दालाई अख्तियारवाला समक्ष बोलाएर उनीहरूले उनको बासस्थान उपलब्ध गराउने आश्वासन दिएका थिए । अझै पनि घरको प्रतिक्षामा रहेको द्रौपदी बताउँछिन् । ‘मसँग घर बनाइदिने अधिकार छैन । सरकारले थप घर निर्माण गर्ने योजना ल्याएमा म उनलाई एउटा घर दिनेछु,’ गाउँका प्रमुख बुधुराम पुटीले एएनआईलाई बताए । मानवअधिकारवादी अधिवक्ता सत्य मोहन्तीले यस मुद्दामा क्षोभ व्यक्त गर्दै केन्द्रीय र ओडिशा सरकारलाई यस विषयलाई ध्यानपूर्वक विचार गर्न आग्रह गरे ।

र्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना

भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृति देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने र साँझमा थारु संस्कृति हेर्नका लागि अहिले पर्यटक सौराहा आउने गरेका छन् ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार सौराहाबाट राप्ती नदी ड्यागको बाटो हुँदै लोथरसम्म रात्रिकालीन सफारी गर्ने तयारी गरिएको छ । करिब १८ किलोमिटरको दूरी हुने उहाँले जानकारी दिए । लोथर क्षेत्रमा चेपाङ संस्कृतिमा पर्यटकलाई आकर्षित गर्दै खाना खुवाइनेछ । चेपाङले वनमा फलेका र उब्जिएका अन्नपात, गिठ्ठा, भ्याकुरलगायतको खाना तयार गर्ने र सोही खानामा पर्यटक रमाउने अपेक्षा गरिएको छ ।

प्रमुख वनले रातको समयमा बत्तीको उज्यालोमा वन्यजन्तुको अवलोकन गर्दै पर्यटकलाई नयाँपन दिलाउन लागिएको जानकारी दिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले करिब तीन घण्टाको रात्रिकालीन सफारीसँगै चेपाङ संस्कृति र खानामा रमाएका पर्यटक फर्किएर सौराहामा बास बस्ने बताए । यसबाट पर्यटकको बसाई लम्ब्याउन सकिने र नयाँपन दिन सकिने उनको भनाइ थियो ।

रात्रिकालीन सफारीका क्रममा पर्यटकले त्यस क्षेत्रका अन्य महत्वका क्षेत्र पनि हेर्न चाहेमा पाउनेछन् । केही दिनमा नै त्यस क्षेत्रको स्थलगत अध्ययन गरी भ्रमण वर्षसँगै नयाँ प्याकेजका रुपमा अघि सारिने उहाँको भनाइ थियो । लागत खर्चका आधारमा होटलले पर्यटकसँग रकम लिने छन् ।

यसैगरी सौराहा आसपासका थारु बस्तीमा पर्यटकलाई साइकलमा घुमाइनेछ । झुवानी, बच्छौली, थारु सङ्ग्रहालय, फसिहारा, भोकाहा, देवौली हुँदै सौराहासम्म साइकलमा पर्यटकलाई घुमाउने तयारी गरिएको छ । भट्टराईका अनुसार त्रिभुवन विमानस्थलसहित देशका ठूला विमानस्थल र महत्वपूर्ण ठाउँमा डिजिटल होर्डिङ बोर्ड राख्ने तयारी गरिएको छ । चितवन तेस्रो पर्यटकीय गन्तव्य हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!