Saturday, November 27, 2021
Home > अपराध > निर्मला पन्तका लागि न्याय मागिरहेकै बेला टिकापुरमा घट्यो फेरि यस्तो दुःखद घटना…

निर्मला पन्तका लागि न्याय मागिरहेकै बेला टिकापुरमा घट्यो फेरि यस्तो दुःखद घटना…

टीकापुर : कैलालीको जोशीपुर गाउँपालिका-१ का एक व्यापारीको घरमै हत्या भएको छ। हरितालिका तीज मनाउन श्रीमती माइत गएको समयमा ३७ वर्षीय रामप्रसाद जैशीको बिहीबार राति हत्या भएको हो।जैशीकी श्रीमती दुई छोरासहित तीज मनाउन टीकापुर गएकी थिइन्। जोशीपुर बजारमा किराना पसल चलाउँदै आएका जैशीको बिहीबार राति घरमै हत्या भएको इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जैशी आफ्नै घरमा मृतअवस्थामा फेला परेको बताए। मृत्यु शंकास्पद भएकाले छानबिन सुरु गरेको प्रहरी निरीक्षक चन्दले बताए। बिहीबार राति घरमा एक्लै बसेका जैशी शुक्रबार बिहान ९ बजेसम्म पसल खोल्न नआएपछि स्थानीय घरमै गएर हेर्दा जैशी मृत अवस्थामा फेला परेका थिए। बिहान सबेरै खुल्ने पसल ९ बजेसम्म पनि नखुलेपछि घरमा गएर हेर्दा जैशी मृत्य अवस्थामा भेटिएको स्थानीय पदम बोहराले बताए।

जैशीको हत्या भएको भन्दै जोशीपुर बजारका व्यापारीले विरोधस्वरुप बजार बन्द गरेका छन्। व्यापारी जैशीको हत्या भएको भन्दै उनीहरुले हत्यारा पत्ता लगाउन माग गर्दै बजार बन्द गरेका हुन्। ‘एक व्यापारीको घरमै सुतेको अवस्थामा हत्या भएको छ,’जोशीपुर बजार व्यवस्थापन समितिका सचिव केशवराज जोशीले भने, ‘हत्यारा पक्राउ गर्न दबाब दिने उद्देश्यले हामीले शुक्रबार र शनिबार बजार बन्द गर्ने निर्णय गरेका छौं।’ घरमै सुतेका व्यापारीको हत्या भएपछि स्थानीय त्रसित बनेका छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!