काठमाडौं : देशभर बढिरहेका बलात्कारका घटनामा संलग्नहरूलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकार असफल भएको भन्दै राजधानीमा प्रदर्शन भएको छ। ‘निर्मलाका निम्ति न्याय’ नाममा काठमाडौंको माइतिघरमा युवाहरूले स्वतःस्फुर्त विरोध र्याली गरेका हुन्। शनिबार १ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाहरूले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिकालाई न्याय दिन उनीहरूले माग गरेका छन्।
५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै र्यालीका सहभागीहरूले सरकारको आलोचना गरेका छन्। काठमाडौंको माइतीघर मण्डलबाट सुरु भएको र्याली नयाँ बानेश्वरतर्फ अघि बढेको छ। राजधानीसहित आज मुलुकका विभिन्न जिल्लाका सदरमुकाममा पनि यसखालका विरोध र्यालीहरू भइरहेका छन्।
हेर्नुस् फोटोहरूः
AP बाट साभार गरिएका हुन् ।