Friday, March 5, 2021
Home > समाचार > यीनै हुन ती महिला जसले कुच्चो छोएको भन्दै दलित बच्चालाई निर्ममता पूर्ण कूटपिट गरिन

यीनै हुन ती महिला जसले कुच्चो छोएको भन्दै दलित बच्चालाई निर्ममता पूर्ण कूटपिट गरिन

पर्वत । बाथरुमको कुचो छोएको भन्दै बच्चालाई कुटपिट गर्ने एक महिला प्रहरी खोरमा पुगेकी छन् । उनलाई जतीय विभेदको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।पटकपटक दलितमाथि विभेद गर्दै आएकी पर्वतको फलेवास नगरपालिका–८ ठानामौला निवासी मिना कुवँरले कुचो छोएको निहुँमा बच्चालाई निर्घात कुटपिट गरेपछि पीडित बच्चाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले मिनालाई असार २४ गते पक्राउ गरेको छ ।

डेरामा बसेर कस्मेटिक पसल संचालन गरिरहेकी मिनाले लामो समयदेखि आफूमाथि जातीय विभेद गर्दै आएको स्थानीय मनिसा रसाईली बिक बताउँछिन् । धेरैपटक सहेको तर कुचो छोएको निहुँमा बच्चालाई नै निर्घात कुटपिट गरेपछि उजुरी दिन बाध्य भएको मनिसाले बताइन् ।

“धेरै पटक सहियो तर अहिले अपशब्द प्रयोग र गालीबेइज्जत गर्दै बच्चालाई नै कुटपिट गरेपछि उजुरी दिन बाध्य भएँ” मनिसाले भनिन् । मिनाले अाफू बारीमा काम गरिरहेको बेला बच्चाले समान छोएको भन्दै कुटपिट गर्नुको साथै सामाजिक र व्यक्तिगत प्रतिस्ठामा अाघात पुग्नेगरी दुर्व्यवाहार र जातीय विभेद गरेको मनिसाले उजुरीमा बताएकी छन् । मिनाले लामो समयदेखि विभेद गर्दै अाएको तर अाफूले एउटै घरमा बसेकोले नराम्रो गर्नु हुँदैन भनेर सहँदै अाएको समेत मसिनाले बताएकी छन् । मिना र मनिसाको परिवार एउटै घरमा भाडामा बस्दै आएका छन् ।

मनिसाको न्यायको लागि पहल गर्ने अधिकारकर्मी

सुरुमा मिनाले जातीय विभेद गरेको उजुरी प्रहरीले दर्ता गर्न आनाकानी गर्दै आएको थियो । दलित अगुवा सुरु सुनारको नेतृत्वमा काठमाडौँबाट गएको टोलीको दबाबपछि मात्रै प्रहरीले असार २१ गते प्रहरीले उजुरी दर्ता गरेको थियो ।मनिसाले दिएको किटानी जाहेरीका आधारमा २४ गते मिनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको पर्वत प्रहरीले बताएको छ । प्रहरीले मिनालाई जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

पीडकलाई जातीय भेदभाव तथा छुवाछुत (कुसुर र सजाय) ऐन २०६८ को आधारमा कारवाही चलाउने तयारी प्रहरीले गरेको छ । पर्वतमा २०६८ साल यता जातीय छुवाछुतबिरुद्ध एउटा पनि उजुरी परेको थिएन् । मिनाले जातीय विभेद गरेको ठहर भएमा एक वर्षदेखि ३ वर्षसम्म जेल सजाय र एक हजारदेखि २५ हजार जरिवाना हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *