Wednesday, March 3, 2021
Home > समाचार > अन्जु पन्तको नयाँ गीत रिलिज भएको एक घण्टामा नै हजारौँले हेरे

अन्जु पन्तको नयाँ गीत रिलिज भएको एक घण्टामा नै हजारौँले हेरे

काठमाडौँ । गुरूङ चलचित्रका अभिनेता गोरखाका विरूप घले (वीरबल) को निर्देशन रहेको पहिलो म्युजिक भिडियो एउटै हाम्रो मनमुटुू युटुब मार्फत रिलिज भएको छ । गुरूङ फिल्म बारपाकी मायाबाट चर्चामा आएको कलाकार विरूप घले कलाकारिता क्षेत्रमा निरन्तर लागि रहनको लागि म्युजिक भिडियो निर्देशनमा हात हालेको बताउँछन् ।

रिलिज भएको ५ घन्टामा ५ हजार भ्युअर्स क्रस गरेको प्रारम्भिक नतिजा र दर्शकहरूको प्रतिकृयाले उत्साहित भएको बताए । यद्यपि पहिलो पटक र सिक्नु पर्ने धेरै बाँकी रहेकोले केही कमी कमजोरीहरू अवश्य भएको स्विकारे । यसैगरी यो गीत डिस होम रमाईलो टिभीबाट पनि प्रसारण भईरहेको छ ।

कडरिया ईन्टरटैनमेन्टको प्रस्तुतीमा शब्द स्वयं विरूप घले, संगीत रमेश कडरिया र स्वर अन्जु पन्तको रहेको छ भने भिडियोमा नयाँ प्रतिभाहरू मरिना गुरूङ, आयुष गुरूङ, सुनिता श्रेष्ठका साथै विरूप घलेको समेत अभिनय रहेको छ । खेम थापा मगरको छायांकनमा मेघ थापा मगरले भिडियो सम्पादन गरेका हुन् भने पोष्ट प्रोडक्सनको कार्य चर्चित गुरूङ चलचित्रका महानायक प्रितम गुरूङको रोधी डिजिटल फिल्म्स स्टुडियोमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *