Sunday, September 20, 2020
Home > समाचार > कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको भएपछि स्थिति यस्तो तनावग्रस्त

कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको भएपछि स्थिति यस्तो तनावग्रस्त

काठमाडाैँ, २२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । बालिकाको मृत्युपछि विद्यार्थीहरुले ट्रकमा आगजनी गरेका छन् । आज विहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड नजिकको हाइस्कुल चोकमा दुर्घटना भएको हो । विद्यार्थीहरुले आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनकारी विद्यार्थीहरु र प्रहरीबीच ढुंगा हानाहान भएको थियो । सडकमा समस्या भएपछि सो क्षेत्रको आवत–जावत रोकिएको छ ।

यस्तै पूर्वपश्चिम राजमार्ग बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा १ झ १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा एक शिशु र चालक सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का २८ वर्षीय चित्रबहादुर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

चितवन अटो दुर्घटनामा मृ त्यु भएका सबैको सनाखत

चितवन । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृ त्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणी भण्डारी र राप्ती नगरपालिका–९ की २५ वर्षीया मीना खड्का रहेका छन् ।

उनीहरुको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृ त्यु भएको हो । यस्तै मृ त्यु हुनेमा राप्ती नगरपालिका–९ की ३२ वर्षीया माया तामाङ र खैरहनी नगरपालिका–३ की ३९ वर्षीया मनमाया नेपाली रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

घाइते हुनेमा अटोचालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणिराम गिरी रहनुभएको छ । घाइते गिरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको छ । शनिबार साँझ राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती नगरपालिका–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो ।

उनीहरु सामूहिक वनभोजका लागि गएको र फर्कने क्रममा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । – रासस

Leave a Reply

error: Please Dont Copy My Content!! !!