Sunday, September 20, 2020
Home > भिडियो > इटहरीबाट आयो यस्तो दुःखद खबरः मध्यरातीको भिषण आगलागीले यस्तो क्षति (भिडियत्र सहित)

इटहरीबाट आयो यस्तो दुःखद खबरः मध्यरातीको भिषण आगलागीले यस्तो क्षति (भिडियत्र सहित)

इटहरी । मध्यराती इटहरीमा भिषण आगलागी हुँदा अनुमानित ६ कराेड बढीकाे क्षती भएकाे छ । इटहरीको मुख्य चौकमा रहेको दुई बर्ष अगाडी बनेको सूर्य कम्लेक्समा आगलागी हुँदा अनुमानित ६ कराेड बढिकाे क्षती भएकाे हाे । शनिबार मध्यरत सूर्य कम्लेक्स स्थित बिग बार रेष्टुरेण्टबाट लागेकाे आगो ९ वटा दमकलको साहयतामा साडे तीन घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएकाे छ ।

विरानगर,दमक,सप्तरी,धरानको २ वटा दुहवी, महेन्द्रगर सुन्दरहरैचा र इटहरीको गरि ९ वटा दमकल सँगै प्रहरीको साहयतामा आगो नियन्त्रणमा आएको प्रहरीको भनाई छ । ७ महिना यता संचालनमा आएकाे साे रेष्टुरेण्टमा ५ कराेडकाे लगानि रहेकाे संचालक किरण कुमार बुढाथाेकी बताउछन् । बुढाथाेकीका अनुसार अाफु १२ बजे सम्म रेष्टुरेन्ट बन्दगरेर घर हिडेकाे राती १ बजे मात्र अाफुले थाह पाएकाे बताए ।

उनका अनुसार किचल माथिल्लाे तलामा सुरक्षीत रहेकाे, स्माेकिङ जाेन अलग रहेकाे कारण कसरी आगो लाग्याे अाफु अचम्बित बनेकाे बताए । आगलागीबाट बिग बार रेष्टुरेण्ट पूर्ण रूपमा जलेर नष्ट भएकाे छ भने सूर्य कम्लेक्सकाे भवनमा समेत क्षती हुन पुगेकाे छ । साेही भवनकाे पहिलाे तलामा रहेकाे ग्लाेबल आइएमइ बैंकमा सामान्य क्षती भएकाे छ ।

आगोको मुस्लो देखिएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा आगो निभाए । चौथो तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको बताइएको छ । बन्द रहेको बिग बार रेष्टुरेण्टमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ।

भिडियोमै हेर्नुहाेसः

पूर्वेलीन्यूजबाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!