Sunday, September 20, 2020
Home > रोचक > ६६ वर्षीय पुरुष २७ वर्षदेखि दुलहीको भेषमा ! आखिर किन गरे? यस्तो छ वास्तविकता!

६६ वर्षीय पुरुष २७ वर्षदेखि दुलहीको भेषमा ! आखिर किन गरे? यस्तो छ वास्तविकता!

एजेन्सी । भारतको उत्तर प्रदेशको जयपुर सहरमा एक ६६ वर्षीय पुरुष २७ वर्षदेखि दुलहीको भेषमा रहेको पाइएको छ । परिवारका करिब एक दर्जन सदस्यको मृ त्यु भएपछि उनले यो भेष अनपाउँदै आएका हुन् । उनले परिवारमा बाँचेका अन्य सदस्य बचाउन आफूलाई दुलहीको रुपमा बदलेको बताएका छन् । उनी प्रत्येक दिन रातो साडी, गरगरहना, नाडीभरी चुरा र सिन्दुरमा सजिले गर्छन् । हेर्दा साँच्चिकै दुलही जस्तै देखिन्छन्।

जैनपुर जिल्लाको हौज गाउँका चिन्ताहरण चौहनले १४ वर्षको उमेरमा विवाह गरेका थिए । विवाह गरेको केही समयपछि उनकि श्रीमतीको मृ त्यु भएको थियो । त्यसपछि उनी पश्चिम बंगालको दिनाजपुरमा एक इँटाभट्टामा काम गर्न थाले। त्यहाँ उनले मजदुरलाई खानाका लागि अनाज खरिद गर्थे। उनी त्यहाँको एउटा पसलबाट नियमित सामान खरिद गर्थे । काम गर्ने शिलशिलामा व्यापारीसँग उनको घनिष्ट सम्बन्ध बढ्दै गयो। त्यहाँ काम गरेको ४ वर्षपछि उनले सोही व्यापारीकी छोरीसँग विवाह गरे।

तर उनको परिवारले विवाहलाई स्वीकार गरेन । पछि चौहानले ती बंगाली श्रीमतिलाई तुरुन्त छोडेर घर आए । केही समयपछि उनकी ती बंगाली श्रीमतिले आ त्मह त्या गरिन्। उनले फेरि तेस्रो विवाह गरे । विवाहको केही महिनापछि उनकी श्रीमति बिरामी परिन् । परिवारका अन्य सदस्य पनि बिरामी परे । अकस्मात बिरामी परेका चिन्ताहरणका बुवा, आमा, श्रीमति, दुई छोरा र उनको भाइको मृ त्यु भयो । यो घटना सेलाउन नपाउँदै उनका भाइहरुका तीन छोरी र चार छोराको पनि मृ त्यु भयो।

चौहानका अनुसार आत्मह त्या गरेकी उनकि बंगाली श्रीमति बारम्बार सपनामा आउन थालिन् । उनले आफूलाई धोका दिएको आरोप लगाउन थालिन् । एक दिन सपनामा आफूले उनीसँग माफी मागेको र आफूलाई र आफ्नो परिवारलाई माफ दिन बिन्ति गरे । त्यसपछि श्रीमतीले दुलहीको भेषमा रहेर आफूलाई संझन आग्रह गरिन् । चौहानले भने, ‘श्रीमतिको कुरामा सहमति भएँ र दुलहीको भेषमा रहँदै आएको हुँ।’

उनका अनुसार आफू दुलहीको भेषमा बदलिएपछि परिवारका सदस्यको मृ त्यु भएको छैन । उनका दुई छोराको स्वास्थ्य अवस्था ठिक छ।सुरुमा दुलहीको भेषमा सजिदा गाउँलेले हाँसिमजाक गरेको उनले बताए । परिवारका सदस्य बचाउन आफूले यसो गरेको उनको दावी छ।कसैले चिन्तामरणको पागलपन या अन्धविश्वास भनेपनि उनी स्त्रीरुप धारण गरेरै भएपनि आफ्ना दुई सन्तान हुर्काउँदैछन्।

एजेन्सीको सहयोगमा

Leave a Reply

error: Please Dont Copy My Content!! !!