पर्साको बहुदरमाई नगरपालिकामा ढोंगही खोलामा आएको बाढीले बगाउँदा दुईजना किशोरीको मृत्यु भएको छ । एक बालिका वेपत्ता भएकी छन् । बहुदरमाई नगरपालिका-७ बस्ने खोभारी रौनियारकी छोरी १४ वर्षीया पिंकीकुमारी र मनोज जयसवालकी १४ वर्षीया छोरी मुन्नी जयसवालको मृत्यु भएको हो ।
पिंकीकी बहिनी १२ वर्षीया रिंकीकुमारी अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।उनीहरुलाई बहुदरमाई नगरपालिका-७ स्थित ढोङ्गही खोलाको पुलमुनी पञ्चमी नुहाउन गएका अचानक आएको बाढीले बगाएको थियो ।पिंकीलाई तत्कालै उद्दार गरेर उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने मुन्नीको शव पछि खोलाबाट निकालिएको थियो ।
उनीहरुसँगै स्थानीय १५ बषिर्य विजय पटेललाई पनि खोलाले बगाएको थियो । उनलाई उद्दार गरेर प्राथमिक उपचार पछि घर पठाइएको प्रहरीले जनाएको छ ।मतक दुवै जनको शव पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा ल्याइएको छ ।