Wednesday, March 3, 2021
Home > प्रवास > दुःखद खबर – परिवारका मुहारमा खुशी ल्याउँछु भनेर मलेसिया हिडेका मानबहादुरकाे जीवन यसरी चुँडियो…

दुःखद खबर – परिवारका मुहारमा खुशी ल्याउँछु भनेर मलेसिया हिडेका मानबहादुरकाे जीवन यसरी चुँडियो…

धन कमाएर परिवारलाइ खुशी दिन पुगेका मलेसियामा आज एकजना नेपालीको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी मलेसियामा एकजना नेपालीको मृत्यु भएको हो । नेपालको बझाङ जिल्लाका मानबहादुर बोहोराको मृत्यु मलेसियामा कार्यरत नेपालीहरुले जानकरी दिएका छन् । बझाङको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको हो । उनी विगत सात वर्षदेखि मलेसियामा कार्यरत छन् ।

मलेसियाको सिनामो (सोफा)कम्पनीमा उनले काम गर्दै आइरहेका थिए । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउने गरेका छन् ।

मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर घाइते भएका बोहोराको उपचारका क्रममा शुक्रबार बिहान ७ बजे स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *