Thursday, May 6, 2021
Home > समाचार > गृहमन्त्री थापाले निर्मला पन्तका बाबु-आमालाई भेटेर दीए यस्तो बाचा – हेर्नुहोस भिडियो

गृहमन्त्री थापाले निर्मला पन्तका बाबु-आमालाई भेटेर दीए यस्तो बाचा – हेर्नुहोस भिडियो

काठमाडौं : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका आमा-बाबुले शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेका छन्। थापाले निर्मलाका आमा-बाबुसँगको भेटमा सरकार हत्यामा संलग्नको नजिक-नजिक पुगेको बताएका छन्। उनले हत्यामा संलग्न भए जोकोहीलाई पनि सरकारले नछोड्ने आश्वासन दिएका छन्।

‘यो जघन्य अपराध हो। यो घटनाप्रति राष्ट्र नै चिन्तित छ। हामीले अपराधिलाई कठघरामा उभ्याउन सकेका छैनौँ। तर हामी अपराधिलाई कठघरामा ल्याउन सक्रिय छौँ’, गृहमन्त्री थापाले भने, ‘प्रहरीको टोलीले काम गर्न नसकेपछि हामीले उच्च स्तरीय छानबिन समिति बनाएर काम अगाडि बढाएका छौँ। जनताको आवाजलाईसमेत गृहमन्त्रालयले सम्बोधन गरिराखेको छ।’

निर्मलाका बाबु-आमा यज्ञराज पन्त र दुर्गादेवी पन्तले गृहमन्त्री थापालाई अपराधिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न ज्ञापनपत्रसमेत बुझाएका छन्। केही अधिकारकर्मीसहित गृह मन्त्रालय पुगेका यज्ञराज र दुर्गादेवीले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका हुन्।

Leave a Reply