Saturday, March 6, 2021
Home > समाचार > एसपी बिष्ट लगायतलार्इ समात्न यस्तो अायो २४ घण्टे अल्टिमेटम, नत्र जे पनि हुन सक्ने…

एसपी बिष्ट लगायतलार्इ समात्न यस्तो अायो २४ घण्टे अल्टिमेटम, नत्र जे पनि हुन सक्ने…

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि यस्तो निर्मम् हत्यामा संलग्न रहेकाहरू जो सुकैलार्इ पनि २४ घण्टाभित्र कारबाही गर्न माग गरेको छ । काठमाडौंको सरस्वती क्याम्पसमा शुक्रबार विरोध प्रदर्शन गर्दै अनेरास्ववियुले शनिबार दिउँसोसम्ममा एसपी डिल्लीराज बिष्टलगायतलाई गिरफ्तार गरी डीएनए परीक्षण गर्न माग गरेको हो ।

प्रदर्शनमा अनेरास्ववियुका सचिव सुदेश पराजुलीले एसपी बिष्टलगायत घटनामा संलग्न रहेको आशंका गरिएकाहरुलाई बाहिर राखेर नभई गिरफ्तार नै गरेर डीएनए परीक्षण गर्नुपर्ने बताउनुभयो । यस्तै, हत्या, हिंसा, बलात्कार लगायत अपराधमा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्दै नयाँ शक्ति पार्टी नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै नयाँ शक्तिले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *